धरान : तेस्रो अन्तर्राष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगिताको शनिवार भएको फाइनल खेलमा ओपन रिकभरिङ्गको फस्ट स्टेप काठमाण्डौले, भेट्रान रिकभरिङको डिआर एफसी धरानले र महिला रिकभरिङको उपाधि धरानले चुमेको छ ।

फाइनलमा ओपन तर्फ फस्ट स्टेपले युनाइटेड फेलोसिप दार्जिलिङलाई ५-१, भेट्रान तर्फ डिआर एफसी धरानले ग्रेस फाउण्डेसन गान्तोकलाई ४-२ र महिला तर्फ ऐना समूह धरानले एक्ट नेपाललाई हराउँदै उपाधि चुमेका हुन ।

महिला तर्फ प्राविधिक कारणले एक्ट नेपाल इटहरी फाइनलमा सहभागिता जनाउन नसकेपछि प्राविधिक टिम र आयोजकले ऐना नेपाललाई विजेता घोषित गरिएको थियो । भेट्रान तर्फको तेस्रो उपाधिका लागि शुक्रवार भएको खेलमा आश्रय काठमाण्डौले व्रदस रिकभरिङ्ग सिक्किमलाई १-० गोल अन्तरले पराजित गर्दै तेस्रो उपाधि हात पारेको थियो ।

ओपन तर्फका विजेता फस्ट स्टेपले नगद दुई लाख, उपविजेता युनाइटेड फेलोसिप दार्जिलिङले नगद १ लाख, ट्रफि र मेडल प्राप्त गरेका छन् । भेट्रान तर्फ विजेता डिआर एफसी धरानले नगद ५० हजार, उपविजेता ग्रेस फाउण्डेसनले नगद ३० हजार र तेस्रो हुने आश्रय काठमाण्डौले नगद २० हजार, ट्रफि र मेडल प्राप्त गरे । महिला तर्फका विजेता ऐना समूह धरानले नगद २० हजार रुपैयाँ, ट्रफि र मेडल प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी ओपन तर्फ फस्ट स्टेपका प्रबल राई र वेस्ट गोल किपर दार्जिलिङ युनाइटेडका राजु शर्मा घोषित भए । उनीहरूले जनही नगद ५ हजार र ट्रफि प्राप्त गरे ।

फाइनल खेलको म्यान अफ द म्याच फस्ट स्टेपका सविन राई घोषित भए उनले मेडल र प्रमाणपत्र प्राप्त गरे । भेट्रान तर्फको उत्कृष्ट खेलाडी डिआर एफसि धरानका नीरज लामा र उत्कृष्ट गोलकिपर ग्रस फाउण्डेसन गान्तोकका काल्जेन भुटिया घोषित भए । उनीहरूले जनही २ हजार ५ सय रुपैयाँ र ट्रफि प्राप्त गरे ।

भेट्रान तर्फको फाइनल खेलको म्यान अफ द म्याच डिआर एफसिका जोन मोक्तान घोषित भए । उनले मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको फेयर प्ले टिम ग्रस फाउन्डेसन गान्तोक घोषित भए । टिमले ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।

विजेता तथा उपविजेताहरुलाई समापन समारोहका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकाश समिति सदस्यसचिव, नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष कृष्ण बस्नेतले पुरस्कार प्रदान गरे ।

विजेताहरूलाई सञ्जीवनी केन्द्रका अध्यक्ष सम्पूर्ण ताम्रकार, धरान-१८ का वडाध्यक्ष प्रवीण राई नरेन्द्र, वडा १० का अध्यक्ष विवेक राई, पत्रकार महासङ्घ सुनसरी अध्यक्ष जनकऋषि राई, सन्तोष विक, लगायतले पुरस्कार वितरण गरेका थिए ।

सञ्जीवनी केन्द्र धरानद्वारा आयोजित प्रतियोगिता धरान १६ स्थित विवि फुटसलमा भएको थियो । पूर्व दुर्व्यसनी तथा रिकभरिङ्ग खेलाडीहरूको सामाजिकीकरण लागि प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता धरान, चितवन, काठमाडौँ, झापा, मोरङ, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, लगायतबाट रिकभरिङ्ग टिमहरू सहभागी थिए ।

sanjiwani-footshal-2