धरान : सिमाना क्षेत्रमा झापा गाउँपालिका–६ मा भारतबाट नेपाल आउँदै गरेका सोही गाउँपालिका–५ का ४२ वर्षीय तेहेरुदिन शेखलाई ब्राउन सुगर सहित मङ्गलवार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको  प्रहरी टोलीले २८ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

यसै गरी उदयपुरको कटारी–७ बाट ताप्ली गाउँपालिका–१ का ३० वर्षीय सरोज राई र २८ वर्षीय दलबहादुर राईलाई १२ केजी गाँजा सहित प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले गाँजा सहित नियन्त्रणमा लिएको हो ।लागु औषध गाँजा सहित पक्राउ परेका उनीहरूको बारेमा आवश्यक कानुनी कारबाहीको लागि थप अनुसन्धान भइरहेको छ ।