धरान : प्रहरीले धनकुटा र भोजपुर जिल्लाका गाउँहरूमा अवैध रूपमा खेती गरिएका र आफै उम्रिएका गाँजाको बोटहरू प्रहरीले फडानी गर्ने अभियान जारी रहेको जनाएको छ ।
यसै क्रममा हिजो शुक्रवार धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार, प्रहरी चौकी त्रिवेणी र आँखीसल्लाको टोलीले शहिदभुमी र साँगुरीगढी गाउँपालिका क्षेत्रमा साढे ३८ रोपनी क्षेत्रफलमा ३० हजार १०० गाँजाका बोटहरू फडानी गरेर जलाएको छ ।
यसैगरी भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटारको प्रहरी टोलीले हतुवागढी गाउँपालिकाका करिब २२ रोपनी पाखाबारीमा लगाएको १६ हजार ५ सय गाँजाको बोट फडानी गरी जलाई नष्ट गरेको छ ।