झापा : झापाको कनकाई नगरपालिका ३ टप्पु बस्ती पूर्वमा आज गाई काटेको फेला परेको छ ।
लीला सङ्ग्रौलाको घरमा डेरा लिएर बसेका एक मुस्लिम समुदायका व्यक्तिले आफू बसेको कोठामा लगेर गाई काटेको फेला परेको झापा प्रहरी प्रवक्ता कृष्ण कुमार चन्दले जानकारी दिए ।
सुरुङ्गास्थित हरिकुल स्कुल नजिकबाट लैनो गाई चोरेर लगेको बताइएको छ ।
ती ब्यक्ती अहिले फरार भएको र उनको खोजी तीव्र पारिएको प्रवक्ता चन्दले जानकारी दिए ।
अहिले घटनास्थलमा प्रहरी टोली पुगेर छानबिन गरिरहेको जनाइएको छ ।
केही महिनाअघि दमकमा गर्भिणी गाई गोठबाट चोरेर लगेर हत्या गरिएको थियो ।