धरान : मोबाइल कम्पनी स्मार्टफोन ब्राण्ड भिभोले सर्वसाधारणको स्वास्थ्य परीक्षण शिविर आयोजना गरी २०० भन्दा बढीको निःशुल्क जाँचको सेवा प्रदान गरेको छ ।
काठमाडौँ स्थित कम्पनीको भिभो नेपाल कार्यालय छाउनी, सङ्ग्रहालय मार्गमा मङ्गलवार शिविर आयोजना गरिएको हो ।

चिनियाँ डाक्टरहरूको सहकार्यमा सञ्चालन गरिएको शिविरमा पारम्परिक चिनियाँ चिकित्सा पद्धतिबाट उपचार पनि गरिएको थियो ।
साथै ईसीजी, अर्थोपेडिक्स, स्त्रीरोग, आन्तरिक चिकित्सा, दन्त स्वास्थ्य सेवा लगायत निःशुल्क स्वास्थ्य परीक्षण र परामर्शहरू शिविरमा प्रदान गरियो । शिविरबाट २०० भन्दा बढी सर्वसाधारण लाभान्वित भएको कम्पनीले जनाएको छ ।
शिविर कर्पोरेट सामाजिक उत्तरदायित्वको कार्यक्रम अनुसार आयोजना गरिएको भिभो नेपालका ब्रान्ड म्यानेजर दीपेश खनालले बताए ।
उनका अनुसार स्वास्थ्य शिविर स्मार्टफोन ब्रान्ड मात्र नभई समाजको भरपर्दो साझेदार बन्ने लक्ष्य सहित प्रविधि बाहिर पनि मानिसहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने प्रयास गरिरहेका छौँ भन्ने बुझाउने आयोजन हो ।