इटहरी : कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाखको बजेट सार्वजनिक विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब ७० करोड ७२ लाख बजेट छुट्टाएका हुन् । 
विषयगत रूपमा सबैभन्दा बढी पूर्वाधार विकासतर्फ १० अर्ब ५७ करोड बजेट विनियोजन भएको बजेट वक्तव्यमा उल्लेख छ । बजेटमा खानेपानी, सिँचाइ तथा ऊर्जातर्फ ४ अर्ब ७३ करोड ३० लाख, कृषि र उद्योगतर्फ २ अर्ब १८ करोड, पर्यटन, वन तथा वातावरणतर्फ २ अर्ब ९७ करोड ६६ लाख विनियोजन गरिएको छ । शिक्षा, विज्ञान र सामाजिकतर्फ २ अर्ब ५ करोड ५५ लाख, स्वास्थ्यतर्फ ३ अर्ब ५१ करोड ७१ लाख, शान्ति सुरक्षाका लागि सबैभन्दा कम ९६ करोड विनियोजन गरिएको हो । 
कुल बजेटमध्ये चालु तर्फ १८ अर्ब ६७ करोड ३३ लाख (५२ प्रतिशत), पुँजीगत तर्फ १७ अर्ब १० करोड ६५ लाख (४७.७ प्रतिशत) र वित्तीय व्यवस्थापन तर्फ  १० करोड (०.३ प्रतिशत) विनियोजन भएको छ । चालु आर्थिक वर्षको विनियोजनको तुलनामा १.७ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले बढी रहेको मन्त्री रानाले जनाएका छन् । 
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये प्रदेशको आन्तरिक राजस्वबाट जम्मा ५ अर्ब ५० करोड अनुमान गरिएको छ । राजस्व बाँडफाँडबाट १२ अर्ब ३९ करोड ६० लाख सङ्कलन हुने अनुमान गरेको बताउँदै मन्त्री मगरले सङ्घबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख प्राप्त हुने उल्लेख गरे । 
सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख र समपूरक अनुदानबाट ३९ करोड १७ लाख आम्दानी हुने जनाइएको छ । विशेष अनुदानबाट ५५ करोड ७२ लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरण जम्मा ३२ अर्ब ७४ करोड ७९ लाख सङ्कलन हुने भएको छ । रोयल्टीबाट प्राप्त हुने रकम ३५ करोड ६ लाख र बाँकी अपुग रकम नगद मौज्दातबाट ३ अर्ब १३ करोडगरि खर्च व्यहोरिने उल्लेख छ ।
बजेटको पुर्णपाठ :