वराहक्षेत्र :नेपाली काग्रेस वराहक्षेत्र नगर कार्य समितिले ४३ औ विश्वेश्वर प्रसाद कोइराला (बि.पि)को स्मृति दिवसको अवसरमा नगरपालिका माध्यमिक तह स्तरिय हाजिरि जवाफ प्रतियोगिता कार्यक्रम आयोजना गरेको छ ।
मङलवार चक्रघट्टी स्थित सुर्य फेमेलीको सभाहलमा नेपाली कांग्रेसका संस्थापक नेता,प्रथम जननिर्वाचित प्रधानमन्त्री,जननायक विश्वेवश्वरप्रसाद (बिपि)कोइरालाको ४३ स्मृति दिवसको अवसरमा नेपाल शिक्षक संघ र नेपाल विद्यार्थी संघसंगको समन्वयमा हाजिरी जवाफ प्रतियोगितामा आयोजना गरिएको नेपाली काग्रेस वराहक्षेत्र नगर कार्य समितिका सभापती तथा नगर प्रमुख रमेश कार्कीले बताए ।
कांग्रेसका संस्थापक नेता,प्रथम जननिर्वाचित प्रधानमन्त्री,जननायक विश्वेवश्वरप्रसाद (बिपि)कोइरालाको ४३ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला समितिको परिपत्र अनुसार नगरपालिका भित्र रहेका माध्यमिक तहका बिद्यालयको सहभागिता हाजिर जवाफ र मङलवारनै क्याम्पस परिसरमा वृक्षारोपन तथा वडा -वडामा वडा समितिले वृक्षारोपन र बिरुवा बितरण गरिएको नेपाली काग्रेस वराहक्षेत्र नगर कार्य समितिका सचिव हरिकृष्ण भट्टराईले बताए ।प्रतियोगितामा महेन्द्र माध्यमिक बिद्यालय तित्रिगाछि प्रथम भएको छ ।
त्यस्तै महेन्द्र माध्यमिक बिद्यालय चक्रघट्टि दोस्रो र महेन्द्र माध्यमिक विद्यालय भरौली तेस्रो बन्न सफल भएको थियो । त्यस्तै जडेज माध्यमिक बिद्यालय कालाबञ्जर सान्त्वना बन्न सफल भएको थियो । प्रतियोगितामा प्रथम हुने विद्यालयले ६ हजार,दोस्रो हुने विद्यालयले ४ हजार,तेस्रो हुने विद्यालयले ३ हजार र सान्तवना हुने विद्यालयले १ हजार ५ सत सहित म्याडल , प्रमाण पत्र प्राप्त गरेका थिए ।
नेपाली काग्रेस वराहक्षेत्र नगर कार्य समितिका सभापती तथा नगर प्रमुख रमेश कार्कीको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसकी महासमिति सदस्य तथा कोशी प्रदेश सभा सदस्य ममता तामाङ प्रमुख अतिथि रहेकी थिइन् ।
कार्यक्रममा महासमिति सदस्य जगत बहादुर कार्की,महाधिबेशन प्रतिनिधि दिपेशजंग बस्नेत,भिम कटुवाल,नेपाली काग्रेस वराहक्षेत्र सुनसरी क्षेत्र नं १ का सचिब केशब पुरी,नेपाली काग्रेस वराहक्षेत्र सुनसरी क्षेत्र नं १ प्रदेश सभा २ समितिका उपसभापती अनिल मगर,वडा नं ७ का अध्यक्ष कपिल आचार्य,वडा नं १० का अध्यक्ष तेज बहादुर गुरुङ्ग,नेपाली कांगेस वडा नं १ सभापति ईश्बर थापा,वडा नं २ सभापति अमर कटुवाल लगायत नेपाली कांग्रेसका नेता ,भातृ तथा सुभेच्छुक संघ संस्थाका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।