काठमाडौँ : विश्व प्रसिद्ध स्मार्टफोन ब्राण्ड भिभोले नेपालकै अग्रणी इकमर्स प्लेटफर्म दराजसँग सहकार्य गर्दै ‘९.९ दसैँ क्याम्पेन’ सार्वजनिक गरेको छ । यो क्याम्पेन आश्विन २ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ ।
यस अवधिमा ग्राहकहरूले विशेष छुट, एक्सक्लुसिभ डिल्स र नयाँ मोडलका स्मार्टफोनहरूमा लाभ पाउनेछन् । विशेष गरी, भिभो स्मार्टफोनहरूमा ग्राहकले सात हजार सम्मको डिस्काउन्ट भौचर प्राप्त गर्न सक्नेछन् ।
भर्खरै बजारमा लञ्च भएका दुई नयाँ मोडल भिभो भी६० र भिभो वाई२१डि पनि दराजमार्फत आधिकारिक रूपमा उपलब्ध गराइएका छन् । यी दुवै स्मार्टफोनहरूलाई प्रिमियम डिजाइन, उन्नत फिचर र नयाँ पुस्ताको आवश्यकता पूरा गर्ने उत्कृष्ट प्रदर्शनका लागि प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।
यस अवसरमा, भिभो नेपालका ब्राण्ड म्यानेजर दिपेश खनालले भने, 'दसैँ क्याम्पेनका लागि दराजसँगको सहकार्यले ग्राहकहरूको चाडपर्वलाई अझ विशेष बनाउन योगदान पुर्याउनेछ । आकर्षक अफर, रोमाञ्चक पुरस्कार, साथै फ्ल्यागशिप भिभो भी६० र युवालाई लक्षित भिभो वाई२१डिको उपलब्धताले यो दशैंलाई अझ स्मरणीय बनाउने हाम्रो विश्वास छ ।'
भिभोले यो सहकार्यमार्फत नेपालमा आफ्नो डिजिटल उपस्थितिलाई अझ मजबुत बनाउन, सहज सेवासहित ग्राहकहरूको पहुँचलाई सजिलो बनाउन र चाडपर्वमा ग्राहकलाई अत्याधुनिक प्रविधि अनुभव गराउने लक्ष्य लिएको बताएको छ ।