वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका शिक्षा,युवा तथा खेलकुद विकाश शाखाले वक्तृत्वकला र चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।

आधारभूत ( कक्षा १ - ५ ) तब स्तरीय चित्रकला प्रतियोगिता तथा आधारभूत (कक्षा ६-८) तह र माध्यमिक (कक्षा ९-१०) तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको नगरपालिका शिक्षा , युवा तथा खेलकुद विकाश शाखाका प्रमुख उत्तम राज भारतीले जानकारी दिए ।

वक्तृत्वकलाको शीर्षक "सामाजिक सञ्जालको प्रयोग र असर " रहेको थियो । चित्रकला प्रतियोगितामा जिवनज्योति ईङलिस स्कुलका अङ्कित गहतराज प्रथम भएका थिए ।

त्यस्तै सिद्धार्थ मेमोरियल ईङ्लिस स्कुलकी आयुष्मा थापा द्वितीय , सुनसरी स्टार एकेडिमिकी दिव्या मलाहा तृतीय त्यस्तै शिशु ज्योति आधारभूत विद्यालयकी जन्म दिया विष्ट र राजा बास सेकेन्डरी ईङ्लिस स्कुलकी कृश मण्डल सान्त्वना हुन सफल भएकी थिइन् ।

प्रथम भएका अंकतले नगद ४ हजार सहित प्रमाण पत्र , द्वितीय हुन सफल आयुष्यमाले नगद ३ हजार सहित प्रमाण पत्र , तृतीय हुन सफल दिव्याले नगद २ हजार सहित प्रमाण पत्र त्यस्तै सान्त्वना सफल जन्म दिया र कृशले १ हजार ५ सय र प्रमाण पत्र प्राप्त गरेकी थिइन् ।

माध्यमिक (कक्षा ९-१० ) तर्फ स्तरीय वक्तृत्वकला प्रतियोगितातर्फ राजा वास सेकेन्डरी ईङ्लिस स्कुलकी मनीषा देउजा प्रथम भएकी छिन् ।

त्यस्तै जिवनज्योति ईङ्लिस स्कुलकी रुजा खड्का द्वितीय , वराह राईजिङ्ग स्टार ईङ्लिस स्कुलकी सुहाना मगर तृतीय र आइरिस वराह एकेडेमीकी दृष्टि राई सानत्वना हुन सफल भएकी थिइन् ।

प्रथम भएकी मनीषाले नगद ४ हजार सहित प्रमाण पत्र , द्वितीय हुन सफल रुजाले नगद ३ हजार सहित प्रमाण पत्र , तृतीय हुन सफल सुहानाले नगद २ हजार सहित प्रमाण पत्र त्यस्तै सान्त्वना सफल दृष्टिले १ हजार ५ सय र प्रमाण पत्र प्राप्त गरेकी थिइन् ।

त्यस्तै आधारभूत (कक्षा ६-८) तह स्तरीय वक्तृत्वकला प्रतियोगितातर्फ मुनबिम एकेडेमीकी प्रेरणा जैसवाल प्रथम हुन सफल भइन् । त्यस्तै जेडेज माध्यमिक विद्यालयकी लक्ष्मी तिम्सिना द्वितीय,मोहन माध्यमिक विद्यालयकी प्रकृति यादव तृतीय र स्काई ईङ्लिस स्कुलका प्रज्वलन भट्टराई सान्त्वना हुन सफल भए ।

प्रथम भएकी प्रेरणाले नगद ४ हजार सहित प्रमाण पत्र , द्वितीय हुन सफल लक्ष्मीले नगद ३ हजार सहित प्रमाण पत्र , तृतीय हुन सफल प्रकृतिले नगद २ हजार सहित प्रमाण पत्र त्यस्तै सान्त्वना सफल प्रज्जवलले १ हजार ५ सय र प्रमाण पत्र प्राप्त गरेका थिए ।

उक्त कार्यक्रमको अवसरमा यस अगाडी वराहक्षेत्र नगरपालिका शिक्षा ,युवा तथा खेलकुद विकाश शाखाले आधारभूत तह, माध्यमिक तह र कक्षा ११ र १२ स्तरीय निबन्ध लेखन प्रतियोगिताको विजेता बिद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

विजेता बिद्यार्थीहरुलाई नगर प्रमुख रमेश कार्की,नगर उपप्रमुख नन्दकुमारी सुनुवार,प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल,शिक्षा,युवा तथा खेलकुद विकाश शाखाका प्रमुख उत्तम राज भारती,शिक्षा समितिका सदस्य ज्ञानबहादुर पाण्डे लगायतले पुरस्कार वितरण गरेका थिए ।

baktitwakala