धरान : सुनसरी जिल्ला स्तरीय अन्तर विद्यालय ‘सुनाखरी एकेडेमी कप’ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। 

प्रतियोगिता मंसिर ७ गते देखि १७ गते सम्म सञ्चालन हुने प्रतियोगिता धरान–१७ एन्फा एकेडेमीको फुटबल मैदानमा सञ्चालन हुनेछ। 

उद्धघाटन खेल सुनाखरी रातो र लिबर्टी स्कूलबीच हुने प्रिन्सीपल मिलन राईले जानकारी दिए । राईले प्रतियोगितामा १६ वटा विद्यालय सहभागी भएको बताए । प्रतियोगितामा सुनाखरी रातो,सेतो, हिमशिखर स्कुल तरहरा,सेन्ट जोसेफ स्कुल धरान १७,नेपाल प्रहरी विद्यालय धरान १३,प्रभात सेकेन्डरी स्कुल, विजयपुर स्कुल, ज्ञानकुञ्ज विद्यालय, लिबर्टी स्कुल, देउराली बालबालिका विद्यालय,माउन्ट हर्मन स्कुल, सैनिक आवासीय आर्मी स्कुल, हिबिस्कस स्कुल, बुद्ध आदर्श विद्यालय, लर्ड बुद्ध स्कुल झुम्का र ज्वालामुखी स्कुल पट्नाली समावेश भएका छन्।

विजेता टोलीले ५० हजार, उपविजेताले २५ हजार, सेमिफाइनल टिमले ५/५ हजार नगद पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडी,गोलकिपर, फर्वार्ड, डिफेन्स,उच्च स्कोर र अनुशासित टिमलाई पनि पुरस्कार प्रदान गरिनेछ। सुनाखरी स्कुलका प्रिन्सिपल मिलन राईका अनुसार, प्रतियोगिताको मुख्य उद्देश्य भविष्यमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नु हो।