धरान : डिपो माध्यमिक विद्यालयद्वारा सञ्चालित पहिलो यु १२ अन्तर स्कुल फुटबल प्रतियोगिताको २०औँ संस्करणको ललित अम्बर फुटबल कप २०८२, दिलकुमार प्लेट च्याम्पियनसिप प्रतियोगितामा नेपाल पुलिस स्कुलले तेस्रो स्थान प्राप्त गरेको छ । भने लेट दिलकुमार प्लेट च्याम्पियन हिमशिखर बोडिङ स्कुल भएको छ ।

बुधवार भएको खेलमा तेस्रो स्थानका लागि नेपाल पुलिस स्कुलले आइडल इङ्लिस बोर्डिङ स्कुललाई २–० गोल अन्तरको जित निकाल्दै तेस्रो स्थान सुरक्षित गरेको हो ।

नेपाल पुलिसका शुभम् लिम्बू र सौगात श्रेष्ठले१/१ गोल गरे । दुवै गोल खेलको दोस्रो हाफमा भएको थियो ।

तेस्रो स्थान हासिल गरेको नेपाल पुलिस स्कुलले शिल्डसहित नगद ३ हजार १ सय ११ रुपैयाँ, ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । नेपाल पुलिस स्कुल अघिल्लो वर्ष सम्पन्न १९ औँ ललित–अम्बर डिपो कपको विजेता विद्यालय समेत हो ।

उक्त खेलको ‘म्यान अफ द म्याच’ नेपाल पुलिस स्कुलका शुभम् लिम्बू घोषित भए । उनलाई डिपो माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य खड्ग शम्सेर लिम्बूले मायाको चिनो प्रदान गरे ।

यसै गरी पहिलो खेलमा पराजित विद्यालयहरूबिच सञ्चालन गरिएको ‘लेट दिलकुमार प्लेट च्याम्पियनसिप कप–२०८२’ को फाइनल खेलमा हिमशिखर इङ्लिस बोर्डिङ स्कुलले प्रभात इङ्लिस बोर्डिङ स्कुल बिच प्रतिस्पर्धा भएको थियो ।

निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राईबेकरमा पुगेको थियो । ट्राईबेकरमा समेत निर्णय नआएपछि खेल सडन डेथमा पुगेको हो। सडेन डेथमा हिमशिखर इङ्लिस बोर्डिङ स्कुलले जित दर्ता गर्दै उपाधि हात पारेको हो ।

प्लेट च्याम्पियनसिपको विजेता हिमशिखर इङ्लिस बोर्डिङ स्कुलले नगद ३ हजार १ सय ११ रुपैयाँ, शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता प्रभात इङ्लिस बोर्डिङ स्कुलले नगद २ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

भोलि बिहिबार हुने फाइनल खेलमा आयोजक डिपो सेकेन्डरी स्कुल र धरान इङ्लिस बोर्डिङ स्कुलबिच प्रतिस्पर्धा हुनेछ ।

डिपो माध्यमिक विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष ललितबहादुर लिम्बू र वर्तमान अध्यक्ष अम्बरबहादुर लिम्बूको नामबाट प्रतियोगिताको नाम ‘ललित–अम्बर डिपो कप’ राखिएको हो ।

प्रतियोगिताको विजेता विद्यालयले रनिङ शिल्डसहित नगद ११ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता विद्यालयले शिल्डसहित नगद ७ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने खेलाडीहरूले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

depot-man-of-the-match 1