इटहरी : नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले सुनसरी ३ मा दुई जनालाई टिकट दिएपछि देखिएको समस्या समाधान भएको छ ।
काँग्रेस पूर्व उपसभापति विजयकुमार गच्छदार र नगर सभापति वेदनारायण गच्छदारले टिकट लिएर निर्वाचन क्षेत्र आए पनि उम्मेदवारी दर्ता हुन सकेको थिएन । 
कसले उम्मेदवारी दर्ता गर्ने भन्ने विषयमा विवाद हुँदा लामो छलफल पछि विजय कुमारलाई वेदनारायणले सहयोग गर्ने भएका हुन् । दुहबी नगरपालिकाका मेयर समेत रहेका वेद नारायणलाई अर्को पटक सघाउने विजयकुमारले आश्वासन दिएका छन् ।
आफ्नो अन्तिम पटक भएको भन्दै सबैले सहयोग गर्न उनले आग्रह गरेपछि विजयकुमार मनोनयन दर्ता गराउन निर्वाचन कार्यालय पुगेका छन् ।