वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले पर्यटकीय क्षेत्रको सम्भावना,चुनौती र विकास विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । नगर भित्र रहेका धार्मिक,ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको विकास,प्रबद्बन र व्यवस्थापन गर्ने उद्देश्यले उक्त वराहक्षेत्रमा पर्यटनको सम्भावना , चुनौती र विकास विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले जानकारी दिए ।
बिहीबार नगरपालिकाको सभा हलमा आयोजना भएको अन्तर्क्रिया कार्यक्रममा नगर प्रमुख रमेश कार्की,उपप्रमुख नन्दकुमारी सुनुवार , प्रमुख  प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल ,वडा नं २ का अध्यक्ष होम प्रसाद गौतम, वडा नं ५ का अध्यक्ष रोहित काफ्ले,वडा नं ९ का अध्यक्ष निरञ्जन मण्डल चन्द्रवंशी,नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, नगर भित्र रहेका पर्यटन व्यवसायीहरू,धार्मिक तथा पर्यटकीय क्षेत्रका जानकारहरू ,होटेल सञ्चालकहरू,घर वास सञ्चालकहरू,पर्यटनकर्मीहरू,उद्योग,वाणिज्यका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
वराहक्षेत्र नगरपालिकामा धर्तीको पहिलो तीर्थ वराहक्षेत्र धाम,कुम्भ नगरी चतरा धाम , ऐतिहासिक सुर्यकुण्ड क्षेत्र,कोशी किनार , पछिल्लो समय पर्यटकहरूको आकर्षक क्षेत्रको रूपमा विकास भएको बोराबाधँ क्षेत्र लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रबद्बनकालागि नगर भित्र रहेका पर्यटन व्यवसायीहरू,धार्मिक तथा पर्यटकीय क्षेत्रका जानकारहरू,होटेल सञ्चालकहरू,घर वास सञ्चालकहरू,पर्यटनकर्मीहरू ,उद्योग,वाणिज्यका पदाधिकारीहरूको सहभागिता वराहक्षेत्रमा पर्यटनको सम्भावना , चुनौती र विकास विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।
धार्मिक पर्यटन , सांस्कृतिक पर्यटन,आध्यात्मिक पर्यटन , पर्यापर्यटन , कृषि पर्यटन ,साहित्यिक पर्यटन ,साहसिक पर्यटन ,ऐतिहासिक पर्यटन ,सिमसार पर्यटन लगायत पर्यटन क्षेत्रको रूपमा वराहक्षेत्र नगरपालिका उत्कृष्ट गन्तव्यको रूपमा रहको र यसको विकास, प्रबद्बन , प्रचारप्रसार लगायतका विषयमा सहभागीहरूले चर्चा,महत्त्व,विशेषता,चुनौती,विकास र योजन बारे  बिचार राखेका थिए ।