धरान : नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जेठ १५ गणतन्त्र दिवसमा गणतन्त्र प्राप्तिका लागि शहादत दिएको सहिदहरू सम्झदै शुक्रवार साँझ दीप प्रज्वलन गरिएको छ ।
स्थानीय सरकार धरान उपमहानगरपालिकाले गणतन्त्र दिवस मनाउन आज साँझ आयोजित कार्यक्रममा कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेलाले नगरपालिका परिसरमा दीप प्रज्वलन गरेका हुन ।
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि जनयुद्ध, दोस्रो जनआन्दोलन, मेधश आन्दोलन लगायतका सङ्घर्षमा शहादत प्राप्त गरेका शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरे । बेघाले गणतन्त्रको प्राप्तिबाट उत्पीडित दलितहरूको मुक्ति, भाषा,संस्कृति र पहिचानको अधिकार बहाली भएको बताए ।
दीप प्रज्वलनको अवसरमा वडाध्यक्षहरू,कार्यपालिका सदस्यहरू,नगरपालिकाका अधिकृतहरू सहभागी थिए ।
deep