धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सञ्चालित करिब २ सय औषधि पसल बुधवार बन्द भएपछि उपचारका लागि आएका बिरामी र उनीहरूका आफन्त समस्यामा परेका छन्।
प्रहरीले ‘बिचौलियाको काम गरेको’ आरोपमा १० जना औषधि व्यवसायीलाई पक्राउ गरेपछि त्यसको विरोधमा औषधि व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्। विरोध स्वरूप उनीहरूले प्रतिष्ठान परिसरका करिब २ सय मेडिकल पसल स्वतःस्फूर्त रूपमा बन्द गरेका छन्।
आन्दोलनरत व्यवसायीहरूले पक्राउ परेका व्यवसायीहरू रिहा नभएसम्म मेडिकल पसल बन्द रहने बताएका छन्। मेडिकल बन्द हुँदा प्रतिष्ठानमा उपचाररत बिरामीहरूले आवश्यक औषधि सहज रूपमा पाउन सकेका छैनन्।
धनकुटाबाट औषधि लिन आएका नवीन राईले मेडिकल बन्दका कारण आफू ठुलो समस्यामा परेको बताए। उनका अनुसार आइसियुमा उपचाररत बिरामीका लागि आवश्यक औषधि खोज्दा सबै तिर मेडिकल बन्द रहेकाले कतै पनि नपाएको अवस्था छ।
उनले भने,“मेरो बिरामी आइसियुमा छ। चाहिएको औषधि कतै बिपि भित्र छैन बाहिर सबै मेडिकल बन्द छ चारै तिर खोज्दा कतै पाइएन। बिरामीको अवस्था गम्भीर छ, अब औषधि कसरी ल्याउने भन्ने चिन्ता भएको छ।
medical-bewasai
bpkihs 1