धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत धरान १८ की कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । 

प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठका अनुसार धरान १८ की ५६ वर्षीय कोरोना सङ्क्रमित महिलाको उपचारको क्रममा आज दिउसो १: १० बजे मृत्यु भएको हो ।

उनी प्रतिष्ठानको कर्मचारी भएको बताइएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट धरानमा मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ ।