सुनसरीः सुनसरीको झुम्कामा रहेको थारु जागरण अभियान सुनसरीको आयोजनामा थारुहरुको पहिचान, सस्कृति झल्काउने उद्धेश्यसहित थारु डान्स स्टार सिजन दुई प्रतियोगिताको आयोजना हुने भएको छ ।

खोजी नया प्रतिभाको भन्ने मुल नारा सहित आयोजना हुन लागेको उक्त प्रतियोगितामा प्रदेश १ बाट जुन सुकै स्थानबाट पनि सहभागी हुन सक्ने तथा कुनै जातीय बिशेष नभएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । थरु डान्स पहिलो सिजन सफल भए पछि यो सबैको माग अनुसार दोश्रो सिजनको सुरु गर्न लागीएको आयेजकका सदस्य निसान प्रकृति थारुले जानकारी दिए । कार्तिक एक बाट फारम खुल्ला गरिएको र कार्तीक ३० गतेसम्म फारम भर्ने अन्तिम मिति रहेको भन्दै यो प्रतियोगिताले बिशेष थारुहरुको पहिचाल दिलाउने बिश्वास आयोजकले लिएको जनाएको छ ।

प्रतियोगितामा करिब एक सय जनाको सहभागीता रहने उपेक्षा गरिएको छ भने फारम भरिसके पछि प्रदेश १ को बिभिन्न स्थानमा अडिसन हुने सस्थाकी अध्यक्ष तारादेवी चौधरीले जानकारी दिईन् । प्रतियोगिताको बिजेतालाई १ लाख, उपविजेतालाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार नगद पुरस्कारसहित ट्रफि, मेडलको व्यवस्था रहेको आयोजकले जनाएको छ ।