बलिउडमा चलेका निर्देशक सञ्जय लीला भन्सालीले हालै आफ्नो फिल्म ‘गुडबाइ काठियावाडी’ निर्माणको घोषणा गरे । यो फिल्ममा आलिया भट्ट शीर्ष भूमिकामा देखिनेछिन् ।

सँगसँगै अर्को पनि खबर आएको छ कि भन्सालीले फेरि अर्को फिल्म पनि निर्देशन गर्दैछन् । बितेका दिनमा सञ्जय लीला भन्सालीको फिल्म ‘इन्शाल्लाह’ को बनाउने र त्यसमा सलमान खान पनि खेल्ने भन्ने चर्चा थियो । तर सलमानले इन्कार गरेपछि फिल्म नै नबन्ने देखिएको छ ।

पछिल्लो समय दीपिका पादुकोण र रणवीर सिंहलाई भन्सालीको कार्यालयमा देखिएको थियो । त्यसपछि बलिउडमा चर्चा चल्न थालेको छ कि भन्सालीले रणवीर र दीपिकालाई लिएर फिल्म बनाउँदैछन् । उक्त फिल्ममा कार्तिक आर्यन पनि हुन सक्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

तर, भन्सालीको प्रोडक्सन हाउसले भने यसबारेमा कुनै जानकारी दिएको छैन ।