धरान : गरिमा डान्स सेन्टर धरानको देउसीभैलो २०७६ साँझ वृहत सांगितिक कार्यक्रम गरि समापन भएको छ ।

धरान ९ आचार्य लाईन स्थीत गरिमाको कार्यलय अगाडी वृहत साँगितिक कार्यक्रम गरि देउसी कार्यक्रमको समापन गरिएको हो । पूर्वका प्रचलित नृत्य पूर्वेली समला मारुनी नृत्यबाट सुरु भएको सो कार्यक्रममा लिम्बु जातीको हाक्पारे, पश्चिमको राना थारुहरुको सखिया, याक्खा जातीहरुको डोकेनी नृत्य÷साङदाङ लाक सहित, नेपाली फिल्मी, कन्ट्याम्प्ररी र हिन्दी मोर्डन, आईटमलगायतको नृत्य समेत प्रस्तुत गरिएको थियो । अत्याधिक दर्शकको भीडमाँझ भएको उक्त देउसी समापन कार्यक्रममा गरिमाको प्रत्येक नृत्यहरुले दर्शकको ताली र हुटिङ पाउन सफल भएको थियो ।

गोरुपुजाको दिनबाट सुरु भएको गरिमाको देउसी धरानको विभिन्न वडासँगै ईटहरी, भेडेटार (धनकुटा) र उदयपुरको बेलका नगर पालिकालगायतको स्थानमा साँस्कृतिक कार्यक्रम गरि समापन गरिएको गरिमाकी संचालक सन्जु राईले बताईन् ।

हरेक वर्ष नेपाली साँस्कृतिक नृत्यलाई संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार गर्ने गरिमा डान्स सेन्टर धरानको चलन अनुसार यस वर्षको देउसीमा भने याक्खा जातीहरुको डोकेनी नृत्य/साङदाङ लाक सहित लिम्बु जातीको हाक्पारे, पश्चिमको राना थारुहरुको सखिया, पूर्वेली समला मारुनी नृत्यलाई प्रस्तुत गरिएका गरिमाका प्रबन्ध निर्देशक तथा नृत्य निर्देशक मणिकुमार लिम्बुले बताए । नेपालको विभिन्न जातजातीको नृत्यहरुलाई खोज अनुसन्धान गर्दै कलाकारद्वारा नृत्य प्रर्दशन गराउदै आएका नृत्य निर्देशक मणिकुमार लिम्बुले साँस्कृतिक नृत्यलाई प्रद्र्धशन गर्दै प्रचार गर्ने अत्यन्तै राम्रो माध्यम देउसी कार्यक्रम भएको बताए । उनका अनुसार अन्य बेला कार्यक्रम आयोजना गर्ने आयोजकले मागेको नृत्यलाई मात्र प्रस्तुत गर्नु पर्ने बाध्यता भएकाले नेपाली साँस्कृतिक नृत्य प्रदर्शनीले स्थान नपाउने गरेको छ । तर देउसी कार्यक्रममा भने चाहे जत्तिको नेपाली साँस्कृतिक नृत्य लक्षित वर्ग, समुदायमाँझ पस्कन पाईने बताए ।