धरान: चर्चित उपन्यास बसाईलाई नाट्य रुपान्तरण गरेर पाँच दिन मञ्चन गरिने भएको छ ।

साहित्यकार लीलबहादुर क्षेत्रीद्धारा लिखित उपन्यास बसाईमा आधारित भएर यो नाटक धरानमा मञ्चन गरिन लागेको हो । नाटकको निर्देशन युवा रंगकर्मी मिलन चाम्लिङले गरेका छन् । उनका अनुसार आगामी माघ ९ गतेदेखि १३ गतेसम्म धरान १५ स्थित सदन स्कुलको हलमा यो नाटक प्रर्दशन हुनेछ । नाटक हरेक दिन दिउँसो साढे ४ बजेदेखि मञ्चन गरिनेछ । नाटकको लागि २ सय र ३ सय रुपैँयाको टिकटदर तोकिएको छ ।

यो नाटक रंगभूमी एकेडेमीले प्रस्तुत गर्न लागेको हो । उपान्यासलाई कवि बिनय सरगमले नाट्य रुपान्तरण गरेका हुन् । केही समययता कवि सरगमले यही काममा ब्यस्त थिए । नाटकमा युवा कलाकार एवं रंगकर्मीहरु हुनेछन् । नाटकमा शंकर थापा, तुलसा थापा, गोमा पौडेल, मिलन भुजेल, सन्देश दाहाल, बलबहादुर राई, एनुमा राई, मिलन चाम्लिङले अभिनय गर्नेछन् भने नाटकको संगीत संयोजन बिनायक राईले गर्नेछन् ।