नेहा र आदित्यको विवाह हुने पक्का

  • माघ २३, २०७६
  • १७७७ पटक पढिएको
  • एजेन्सी
alt

मुम्बई : इन्डियन आइडल सिजन ११ मा निकै समयदेखि आदित्यनारायण र नेहा कक्कडको जोडीको चर्चा भइरहेको छ ।

अब यी जोडीले विवाह गर्ने कुरा पक्का भएको छ । सोनीले यी दुई रोमान्स गरिरहेको एक भिडियो सेयर गरेको छ । जारी गरिएको एक भिडियोमा यी दुई ‘काटे नहीं कटते दिन ये रात’ बोलको गीतमा नृत्य गरेका छन् । भिडियोको क्याप्सनमा लेखिएको छ, ‘१४ फेबुअरी ( मिति याद गर्नुहोस् किनभने यो दिन आदित्य र नेहा विवाह गर्दैछन् ।’

neha

इन्डियन आइडलको मञ्चमा आदित्य र नेहाको परिवार पनि पाहुनाको रूपमा उपस्थित भइसकेका छन्। दुबैको परिवार पनि विवाहको लागि मञ्जुरी दिएको छ । उदितनारायणले त निकैअघि यसमा स्विकारोक्ति दिइसकेका छन् ।

उदितनारायणका साथै उनकी श्रीमती दीपानारायण पनि नेहालाई आफ्नो घरको बुहारी बनाउन आतुर छन् । इन्डियन आइडल ११ को सेटमा भ्यालेन्टाइन्स डे स्पेसल एपिसोडमा यी दुईले सात फेरो पनि लिने सोनी टीभीले जनाएको छ ।

यसबाहेक नेहा कक्कड र आदित्यनारायणले पनि सोसल मिडियामा यसबारे जानकारी साझा गरेका छन् । नेहाले पनि इन्स्टाग्राममा एउटा फोटो पोस्ट गर्दै लेखेकी छिन्, ‘फेब्रुअरी १४’ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved