धरान: भुजेल जातीको भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘निःप्हुगाल’ (हामी भुजेल) धरानमा प्रदर्शन गरिने भएको छ ।

भुजेल समाज सेवा समिति केन्द्र तथा भुजेल चलचित्र संघले निर्माण गरेको उक्त चलचित्र माघ २५ गते धरानको होटल पूर्वी स्टारमा प्रदर्शनी गरिने भएको हो । भुजेल समाज समिति जिल्ला समन्वय समिति सुनसरी र भुजेल समाज सेवा समिति धरान उपमहानगरपालिका समितिको संयुक्त आयोजनामा धरानमा उक्त चलचित्र प्रदर्शन गर्न लागिएको हो । यस्तै, माघ २७ गते गोर्खा सिनेफ्क्समा समेत प्रदर्शन गरिने भएको हो । कृष्ण कुमार गुरुङद्वारा निर्देशित चलचिब निःप्हुगालको छायाङकन तनहुको आधिमुल र कास्कीको कास्कीकोटमा भएको कलाकार सुरेन्द्र भुजेलले बताए ।

जहाँ भुजेल जातीको मुख्य बसोबास रहेको छ । आफ्नो भाषा, संस्कार संस्कृतिलाई लोप हुनबाट जोगाउन चलचित्र निर्माण गरिएको कलाकार भुजलले बताए । ‘श्रब्य दृष्यको माध्यमबाट भुजेल जातीको भाषा, संस्कार र संस्कृतिलाई आफ्नो समुदायमा पु¥याउने हाम्रो मुख्य उद्देश्य हो,’उनले भने,‘त्यसैले हामीले देशभर प्रदर्शन गर्ने क्रममा धरानमा आइपुगेका हौं ।’ भुजेल जातीको मुख्य बसोबास नै तनहुको आधिमुल भएको भुजेल समाज प्रदेश १ का संयोजक कैलाश कुमार भुजेलले बताए । ‘हाम्रो मुख्य थाक थलो तनहुको आधिमुल हो जहाँ हाम्रो ५ सय वर्षदेखीको इतिहास भेटिन्छ,’उनले भने,‘त्यो ठाउँमा साना केटाकेटीदेखी बुढाबुढीसम्म भुजेल भाषा नै बोल्न गरेका छन् त्यसैमा आधारित भएर चलचित्र निर्माण गरेका छौं ।’

bhujel

भकारी फिल्मसको व्यानरमा चलचित्र निर्माण गरिएको हो । हालसम्म पोखरा, तनहु लम्जुङ, चितवन, नवलरासीलगायतमा प्रदर्शन भइसकेको उक्त चलचित्र प्रदेश १ मा धरानमा पहिलो पटक प्रर्दशन गर्न लागिएको भुजेल समाज सेवा समिति सुनसरीका रवि भुजेलले बताए । राज्यबाट उपेक्षित हुदै आएको र भुजेल जातीको संस्कृतिको उत्थानको लागि जनप्रतिनिधिहरुलाई समेत चलचित्र देखाउनको लागि पनि धरानको पूर्वी स्टालमा देखाउन लागिएको उनको भनाई छ ।

उक्त चलचित्र ३५ लाखको लागतमा निर्माण गरिएको जनाइएको छ । २ घण्टा ३३ मिनेटको उक्त चलचित्रमा भिम भुजेल (नायक), पुजा भुजेल (नायिका), सुरेन्द्र भुजेल, पार्वती भुजेल, कला भुजेल, रेसम भुजेल, भेषराज भुजेल र सुरज भुजेलको अभिनय रहेको छ । गत वर्ष निर्माण गरिएको उक्त चलचित्रले थाइल्याण्डमा भएको gyamo gang films award-2019 मा उत्कृष्ठ सम्पादन घोषित हुदै पुरस्कृत भएको जनाइएको छ ।