धरान: धरानमा सबैभन्दा ब्यस्त चोक हो भानुचोक । त्यहाँको भिड र अस्तव्यस्तताको कुरा जति गरे पनि सकिन्न ।

आइतबार त्यही अस्त्यबस्त रहेको भानुचोकमा सडक पेटीबाट हिड्नुस है, हेल्मेट लगाएर मात्र यात्रा गर्नुस्, हर्न नबजाउनुहोस भन्दै ट्राफिक सचेतनामुलक पर्चाहरु बोकेर मिस पुर्वान्चल २०१८ का १४ जना प्रतियोगीहरु पैदल तथा सवारीधनी यात्रुहरुलाई जानकारीमुलक पर्चा बाडदै गरेको देखिए ।

miss 2

उनीहरु आगामी पौष १४ गते धरानको इजी राइड्रसहोटल मा आयोजना हुने सौन्दर्य प्रतियोगिता मिस पुर्वान्चल नवौं संस्करणका प्रतियोगिहरु थिए । उनीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, धरानको समन्वय तथा पुर्वान्चल लुब्रिकेन्ट्स विराटचोकको सहयोगमा ट्राफिक सचेतना कार्यक्रममा सहभागी गराइएको थियो । प्रतियोगीहरुले एकछिनको समय लिएर भानुचोकमा ट्राफिकको भूमिका निभाउदै हेल्मेट नबाँधी मोटरसाइकल चलाउनेलाइ रोकेर हेल्मेट बाँधेर मात्र मोटरसाइकल चलाउन नभए दुर्घटनाले ज्यान लिन्छ भन्ने सन्देश दिएका थिए । यस्तै, बीच बाटो बाट हिड्नेलाई सडक पेटीबाट हिड्न सुझाव दिएका थिए ।

यसैगरी, जथाभावी बाटो काट्ने सिटी सफारीलाई पनि आफ्नो बाटोमा हिड्न र भिड नगरीदिन भन्दै सचेत गराएका थिए । एकैछिनको लागि भएपनि ट्राफिकको भूमिका निभाउन पाउँदा प्रतियोगिहरुमा नया अनुभव तथा सचेतना आफुमा नै आएको महसुस गरेको देखिन्थ्यो । सचेतना कार्यकर्म अघि जिल्ला ट्राफिक प्रहरी कार्यालय, धरानको कार्यालयमा मिस पुर्वान्चल २०१८ का प्रतियोगीहरुलाई प्रहरी निरीक्षक तथा कार्यालय प्रमुख बाबुकाजी गिरीले ट्राफिक नियम सम्बन्धि तथा ट्राफिक सचेतनाका बिषयमा जानकारी दिएका थिए ।