इटहरी :  इटहरीमा जारी दोस्रो मदन भण्डारी अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपमा विभागीय टोली त्रिभुवन आर्मी क्लब उपाधि नजिक पुगेको छ ।

इटहरी रंगशालामा बुधबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा आर्मीले मेची नेत्रालय झापा ११ लाई ४-१ को गोलअन्तरले हराउदै उपाधि नजिक पुगेको हो । खेलमा पहिलो हाफको दशौ मिनेटमा आर्मीले झापा ११ बाट आत्मघाती गोल उपहार पाएको थियो । आर्मीका सन्तोष तामाङले प्रहार गरेको गोल क्लियर गर्ने क्रममा झापा ११ का ओलु सोला कान्डिरले आत्मघाती गोल गरेका थिए । यस्तै, पहिलो हाफको इञ्जुरी समयमा आर्मीका सन्तोष तामाङले टिमको लागि दोस्रो गोल गरे ।

दोस्रो हाफको १४ औं मिनेटमा आर्मीका विवेक बस्नेतले गोल थपे भने दोस्रो हाफको इञ्जुरी समयमा आर्मीका भरत खवासले गोल गर्दै जित सुनिश्चित गरे । झापाले दोस्रो हाफको १५ औं मिनेटमा सान्त्वना गोल गरेको थियो । दिपेश श्रेष्ठको पासमा खमीर गिल्सन कन्दङ्वाले एक गोल गरेका थिए । आर्मीका सुमन अर्यालले खेलमा थुप्रै गोल गर्ने मौका खेर फालेका थिए । खेलको म्यान अफ दि म्याच आर्मीका सन्तोष तामाङ घोषित भए । उनले नगद दश हजारसहित मेडल पाए ।

football-2 4

आर्मीका प्रशिक्षक नविन न्यौपानेले आफूहरुको टिमले सोचेजस्तो नखेलेको भए पनि फाइनल पुगेकोले खुशी लागेको बताए । झापा ११ का कोच मिन बहादुर बस्नेतले पहिलो हाफमै आत्मघाती गोल हुनु दुभाग्र्य रहेको बताए । प्रतियोगितामा भोली बिहीबार शहीद स्मारक ए डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच २ बजे अन्तिम सेमीफाइनल खेल हुनेछ । शनिबार हुने फाइनलमा मनाङ र पुलिसमध्ये एक बिजेतासँग आर्मीको भेट हुनेछ ।