धरान: धरान -१५ सयपत्री मार्गस्थित च्याम्पियन इङ्गलिस स्कूलले क्रिसमस डे मनाएको छ ।

पढई सँगसँगै विभिन्न अतिरिक्त क्रियाकलापबाट विद्यार्थीहरुको सिकाई क्षेत्रलाई प्रोत्साहित गर्ने उद्देश्यले क्रिसमस डे मनाइएको स्कुलले जनाएको छ । क्रिसमस डे मनाउने क्रममा क्रिसमससँग सम्बन्धित केही भनाईहरु विद्यालय व्यवस्थापक निर्देशक नाजु सुबेदीले प्रस्तुत गरिन् भने नाटक, साङ्गीतिक कार्यक्रम साथै विभिन्न कक्षाका विद्यार्थीहरुद्वारा नृत्य प्रस्तुती पनि गरेका थिए । विभिन्न धर्म—संस्कृतिका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउने उदेश्यले हरेक बर्ष स्कूलले कार्यक्रम गर्दै आएको स्कूलकी प्रिन्सिपल सुबानी राईले जानकारी दिइन् ।