इटहरी : इटहरीमा आज थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
इटहरी उपमहानगरका प्रेस संयोजक लीलाराज भट्टराईले दिएको जानकारी अनुसार भदौ २० र २१ गते स्वाब दिइएकाहरू मध्ये १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमितहरू वडा नं १२ मा १ जना पुरुष (३७) इटहरी १३ का १ जना पुरुष (३७) ,इलाका प्रहरी कार्यालय इटहरीका २ जना पुरुष (२६ र ३९ ) इटहरी १० का ६ जना (३८,४३,४४ वर्षीय महिला र ४०, १६, ५३ वर्षीय पुरुष) इटहरी १३ का १ जना (४४ वर्षीय महिला) र इटहरी २० का १ जना ( २६ वर्षीय) पुरुष रहेको भट्टराईले जानकारी दिए ।
इटहरीमा कोरोना सङ्क्रमितको जम्मा सङ्ख्या २७९ पुगेको छ ।





































































