इटहरी । विगत लामो समयदेखि स्कुल तहमा कक्षाहरु सञ्चालन गर्दै आएको बेबिलोन सेकेण्डरी बोर्डिङ स्कुलले प्लस टु तह पनि सुरु गरेको छ । इटहरी-४ आइतबारेस्थित सुविधासम्पन्न भवनमा विद्यालयले प्लस टु तहअन्तर्गत व्यवस्थापन, विज्ञान, शिक्षा शास्त्र, कानुन र होटल मेनेजमेन्ट विषयमा भर्ना खोलेको हो ।
दक्ष तथा अनुभवी प्राध्यापक, व्यवस्थापन समिति र सञ्चालकहरुको टिमसहित उक्त तह सञ्चालनमा आएको हो । गुणस्तरीय शिक्षाको लागि विद्यालयले सम्झौता नगर्ने सञ्चालक पुष्प अधिकारीले बताए । साथै विद्यार्थीलाई सहज होस् भनेर लोकेसन र भौतिक पूर्वाधारलाई समेत ध्यान दिएको उनको भनाई छ । एसी, स्मार्ट बोर्ड र प्रोजेक्टरजडित स्मार्ट कक्षा कोठा छ भने ल्याब रुम पनि नयाँ र अत्याधुनिक रहेको छ ।
होटल मेनेजमेन्ट पढ्ने विद्यार्थीहरुलाई इन्टर्न गर्नको लागि युरोपियन मुलुकसमेत पठाउने बताइएको छ । उत्कृष्ठ ल्याबसहित प्लस टु एचएम, डीएचएम र सिटिइभीटीको प्रमाणपत्र विद्यार्थीलाई दिइने उनले बताए । विद्यालयले दुहबी, इनरुवा, कालाबन्जार, उर्लाबारीसम्म बस सेवासमेत सञ्चालन गर्ने भएको छ । एक सय भन्दा बढी विद्यार्थीहरु भर्ना भइसकेको जनाइएको छ । विद्यालयले आगामी वर्षदेखि बीबीएस, बिएसडब्लु, बीबीए कक्षासमेत सुरु गर्ने तयारी गरेको सञ्चालक पुष्प अधिकारीले बताए।