इटहरी : अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको हिमाअस कन्सल्टेन्सीले इटहरी शाखाबाट सेवा सुरु गरेको छ ।

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया मात्र लैजाने उद्देश्यका साथ इटहरीको पुर्वलाइनमा हिमाअसको शाखा सुरु भएको हो । सन् २००८ मा अस्ट्रेलियाको सिड्नीबाट सुरु भएको हिमाअसले नेपालमा छैटौँ शाखा इटहरीमा खोलेको छ । विद्यार्थीबाट नै केक काटेर इटहरी शाखाको उद्घाटन गरिएको हो ।

अरू कन्सल्टेन्सीबाट जाँदा अस्ट्रेलिया पुर्याउने मात्र काम हुने तर हिमाअसले सिम कार्ड देखि जागिर सम्मको व्यवस्था मिलाउने अपरेसनल म्यानेजर सन्दीप खड्काले बताए । एयरपोर्टबाट पिकअप गर्ने देखि पिआर मिलाउन इन्टिच्युटले नै सहयोग गर्ने उनको भनाइ छ ।

खड्काका अनुसार पूर्वमा धरानदेखि काँकडभिट्टासम्म लाई लक्षित गरेर इटहरीमा शाखा खोलिएको हो । त्यसका साथै भर्ना भएपछि होटेल सम्बन्धी ट्रेनिङको समेत व्यवस्था मिलाइने उनले बताए ।