विराटनगर : प्रदेश १ मा आज ७८७ जना कोरोना सङ्क्रमित थपिएका छन्। मोरङमा २६८, झापामा २५५, सुनसरीमा १९२, उदयपुरमा १४, धनकुटामा १२, सङ्खुवासभामा ५, इलाम र तेह्रथुममा ४-४, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा १००, सुन्दरहरैचामा ७६, उर्लाबारीमा २४, पथरीशनिश्चरेमा १९, बेलबारी र बुढीगंगामा १०-१०, मिक्लाजुङमा ५, ग्रामथान, धनपालथान र कटहरीमा ४–४, जहदा, रंगेली, लेटाङ, सुनबर्षी र स्थानीय तह नखुलेको २-२, कानेपोखरी र रतुवामाईमा १-१, झापाको भद्रपुरमा ५६, मेचीनगरमा ५१, बिर्तामोडमा ४१, दमकमा २९, अर्जुनधारामा २०, शिवसताक्षीमा १३, कनकाई र कमल गाउँपालिकामा ११-११, कचनकवलमा ६, बुद्धशान्तिमा ५, हल्दिबारीमा २, गौरादह, गौरीगञ्ज र झापा गाउँपालिकामा १-१ र स्थानीय तह नखुलेका ७, सुनसरीको इटहरीमा ७४, धरानमा ६६, दुहबीमा १०, रामधुनीमा ९, इनरुवामा ८, गढी र बराहक्षेत्रमा ६–६, देवानगञ्जमा ५, भोक्राहानरसिंहमा ४, कोशी गाउँपालिकामा २, बर्जू र स्थानीय तह नखुलेका १–१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यसैगरि उदयपुरको त्रियुगामा ७, चौदण्डीगढीमा ४, रौतामाई, उदयपुरगढी र बेलकामा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ६, छथर, पाख्रिवास, साँघुरीगढी, चौबिसे, शहिदभूमी र स्थानीय तह नखुलेका १-१, सङ्खुवासभाको खाँदबारीमा ४, स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २-२, तेह्रथुमको म्याङ्लुङमा ३ र फेदापमा १, भोजपुरको भोजपुर नगरपालिकामा २ र हतुवागढीमा १, ताप्लेजुङमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६३ हजार ३१३ पुगेको छ । सङ्क्रमित भएका मध्ये ४२ हजार ८४१ सङ्क्रमणमुक्त भएका छन् । आज ४६७ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ८४० पुगेको छ । प्रदेश १ मा आज २ हजार ५०० जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ३५५ महिला र ४३२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।