धरान  : धरान-२ सिंहदेवी चौकमा रहेको नेशनल एकेडेमीले यसै शैक्षिक सत्रबाट प्रदेश नं. १ मा पहिलो र एक मात्र स्कुलको रूपमा अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आईएसओ प्राप्त गरेपछि मन्टेश्वरी पनि सञ्चालनमा ल्याएको छ।

यससँगै स्कुलले आफ्ना शिक्षक तथा कर्मचारीहरूलाई पहिलो चरणको मन्टेश्वरी तालिम दिएको छ। पहिलो चरणको तालिममा मन्टेश्वरी अभिमुखीकरण तथा आर्ट एण्ड क्राफ्टको तालिम आफ्ना कर्मचारीहरूलाई दिइरहेको छ। सोमबार देखि सुरु भएको तालिम ४ दिनसम्म सञ्चालन हुने एकेडेमीका प्रिन्सिपल श्रीसिसा राईले जानकारी दिए। आर्ट एण्ड क्राफ्टकालागि मन्टेश्वरी ट्रेनर शिखा लिम्बु र नरमाया लिम्बुले सहजीकरण गरिरहेका छन्।

अभिमुखीकरणका लागि स्कुलका सिइओ देव सुब्बा, प्रिन्सिपल श्रीसिसा राई, तथा सिटिईभिटी मान्यता प्राप्त मन्टेश्वरी प्रशिक्षण केन्द्र एसटिएका सञ्चालक तथा कलेज पूर्व प्राचार्य सालिक सतासक राईले गरेका छन् । अभिमुखीकरणको मुख्य सहजकर्ता विनोद कार्कीले गरिरहेको राईले बताए।

कक्षा १२ सम्म मन्टेश्वरी विधिबाट सञ्चालन गर्ने उद्देश्य पूर्ति गर्न यो काम थालिएको स्कुलका प्रिन्सिपल श्रीसिसा राईले बताए। मन्टेश्वरी आधुनिक शिक्षण विधि भएको र यसलाई आगामी दिनमा कलेजसम्म अभ्यासमा ल्याउने उनले बताए।

विधार्थीहरुको शारीरिक, मानसिक, संवेगात्मक तथा सामाजिक विकास जस्ता चौतर्फी विकासलाई ध्यान दिई मन्टेश्वरी सञ्चालन हुने उनको भनाइ छ। यसका लागि मन्टेश्वरी अभिमुखीकरण तालिम समेत सञ्चालन गर्न लागेको उनले बताए। प्लस टु सञ्चालन गरिरहेको स्कुलले विधासागर सँग मर्ज गर्ने प्रक्रिया सँगै मन्टेश्वरी देखि कक्षा १२ सम्म पढाई सञ्चालन गरिरहेको छ। स्कुलले दोस्रो चरणको तालिम आगामी फागुनमा सञ्चालन गर्ने भएको छ।