धरान : धरानमा कालिज रेस्टुरेन्ट सञ्चालनमा आएको छ । 

२ करोडको लगानीमा कालिजको मासुको परिकार पाइने यो रेस्टुरेन्ट धरान-१० सैनिक चौकमा आइतबार देखि सञ्चालनमा आएको हो । धरान देखि १२ किलो मिटर पूर्व केराबारी गाउँपालिकाको राङ्चामा हरि एग्रिकल्चर लाइभ स्टोक सेन्टर प्रालीका सञ्चालक विवेक भट्टराई र विवश भट्टराईले सञ्चालनमा ल्याएको रेस्टुरेन्ट धरानको लागि नयाँ मेनु कालिजको मासुको परिकार पाइने रेस्टुरेन्ट भएको छ । 

आफ्नै फर्ममा उत्पादन भएको विशेष गरी कालिजको मासु, कडकनाथ कुखुराको मासु, बट्टाईको मासु, हाँस, तिथ्रा र टर्की लगायतको पंक्षीको मासुको परिकार उपलब्ध रेस्टुरेन्टमा हुने सञ्चालक विवेक भट्टराईले जानकारी दिए । 

धरानमा कमै पाइने मटनको म:म:, भट्टीमा लाइभ सेकुवा र सबै मासुका परिकार अर्ग्यानिक हुने बताउँदै सञ्चालक विवश भट्टराईले यो रेस्टुरेन्ट धरानका लागि नयाँ मेनु सहित सुरु गरिएको बताए । आफ्नै फर्ममा उपलब्ध खसीको मासु र पंक्षीको मासुको परिकारका लागि विशेष हुने बताइएको छ ।

kalij-1kalij-5kalij-2kalij-4