धरान : 'एएनटिएफ र्‍याप ब्याटल' बाट एक्कासि चर्चामा आएका जी बब नामले लोकप्रिय बनेका र्‍यापर सुदीप भण्डारी पहिलोपल्ट धरानमा आएर धराने दर्शकहरूलाई  आफ्नो गीतले भरपुर मनोरञ्जन  गराए

शनिवार साँझ आयोजना भएको ‘टूबोर्ग फुल भोल्युम कन्सर्टमा जी-बबसँगै अहिलेकी लोकप्रिय गायिका अस्मिता अधिकारीले पनि आफ्नो गीतहरू प्रस्तुत गरिन् भने चर्चित र्‍यापरहरु प्लस डिभाइड र सिरुपातेसँगै धरानको चर्चित डिजे नभसनले डीजेइङ समेत प्रस्तुत रहेका थिए । "मिलेन लेभल तेरो बाउ बोला ए" बोलको बहुचर्चित गीत सँगै फाइनली भेटियो, कलाको म धनी, भाग न भाग, कलाकार, सिधा कुरा मेरो र सरी मम लगायतका युवाहरू माझ लोकप्रिय आफ्ना अन्य गीतहरू प्रस्तुत गरेका थिए ।

बालबालिका देखी युवाहरू माझ निकै नै लोकप्रिय मानिएका जी-बबले   पूर्वमा नै पहिलोपल्ट र आफ्नो पहिलो आउटडोर कन्सर्टका लागि धरान आएका हुन्। कन्सर्टमानै यत्तिको दर्शकहरू पहिलोपल्ट देखेको भन्दै  जी-बबले आफ्ना प्रस्तुतिहरू दिइरहँदा समय सकिएको आयोजकले जानकारी दिएपछि दुखी हुँदै यति चाडै धरान बन्द हुन्छ र भन्दै गाउने समय मागिरहेका थिए।  तर समयमा कार्यक्रम सक्नका लागि आयोजकले उनका मुख्य गीतहरू मिलेन लेभल र सरी मम गाउन अनुरोध गरी कार्यक्रमलाई सकाएका थिए। उनले गाउँदा स्टेजमा ढुङ्गा आएपछि  ढुङ्गा हान्नेलाई र मेरो सम्पूर्ण हेटर्स र शुभचिन्तक सबैलाई आई लब यु भन्दै  गाउँदै उनले आफ्ना हेटर्सलाई पनि लभर्स बनाएर जान्छु भन्दै कार्यक्रमलाई चालु राखेका थिए।  

‘बाबरी रङ्गमा’ अहिले निक्कै नै लोकप्रिय तथा टिकटकमा समेत उत्तिकै भाइरल ‘बाबरी रङ्गमाकी गायिका अस्मिता अधिकारीले काफल कमल, टाढा भए पनि, लज्जावती झार, साली मन पर्‍यो, तिम्रो मायाले बाँधेर राख लगायत गीतहरूले दर्शक नचाइन् । त्यस्तै र्‍यापर प्लस डिभाइडका शब्दको युद्ध, बाबु भित्र केही खास, आको म यहाँ, चाहिने भन्दा बढी, म जहिले लगायतका गीतहरू र र्‍यापर सिरुपातेका राजनीति, मस्त, नोबडी नोज, कालेभाइ लगायतका गीतहरू प्रस्तुत गरेका थिए । रिया सेन्चुरीको आकर्षक डान्सबाट सुरु गरिएको कार्यक्रम सवा दस बजे सम्म चलेको थियो।  इक्सा मादेनले कार्यक्रम सञ्चालन गरेकी थिइन।

सिल्भर इन्टरटेनमेन्टको आयोजना तथा टुबोर्ग बियरको प्रस्तुति रहेको फुल भोल्युम कन्सर्टमा डिभाइन वाइन, रेड्ब्ल्यु इनर्जी ड्रिङ्कको सह(प्रायोजन, केन्द्र मोसन पिक्चर्स, एसपी इभेन्ट्स युके, एनएचडीडी स्टुडियो, भिआइपी नेपाल अस्ट्रेलियाको विशेष सहयोग तथा महेन्द्र अक्वा, पेप्सी, धरान टि र पिएच साइन शेम्पू, हाइल्यानडर भोड्का, रोयल स्ट्यागको सहयोग रहेको थियो ।

full-volumn-2full-volumn-3