धरान : युवा गायक नारायण राई, मन्दिप राई, गायिका मनमावी राई र रश्मि राईको युगल आवाजमा रहेको साकेला गीत “बिनायो मुर्चुङ्गा” सार्वजनिक गरिएको छ।
बिहीबार  किराती उभौली साकेला चाडको अवसरमा किरात राई यायोक्खा मकाउका अध्यक्ष तथा समाजसेवी गीतकार मंगल राई “साईला”को शब्द रचना रहेको किराती मिथक, सभ्यता, संस्कार, संस्कृति र समग्र किरात समुदायको मौलिक विषय बस्तुको पेरीफेरीमा रहेर रचना गरिएको साकेला गीत “बिनायो मुर्चुङ्गा” गीतकार राईको “सुम्निमा-पारुहाङ म्युजिक” युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो।
युवा संगीतकार प्रीयजन राईले संगीत भरेका गीत बलराम समालले ऐरेन्ज, राजु कार्कीले मिक्सिङ मास्टरिङ गरेका गीत स्टुडियो किङमा सुरेश राई र मनोज सामसोङ राईले रेकर्डिङ गरेका हुन्।
सार्वजनिक साकेला गीतको छायांकन विरान तिलुङ र ड्रोनमा विकाश दहाल, प्रकाशमा समीर स्याङबो, इडिट-कलरमा दुर्गा बान्तावा राई, कोरियो ग्राफरमा देवु राई, निर्देशनमा प्रीयजन राईले गरेका हुन्।
कलाकारहरूमा राजु राई, लिकुहाङ राई,सन्देश राई, सुमिरन राई, सन्जु राई, सिमरन राई, अंग राई, इन्द्र राई, सन्तोष राई, प्रविना राई, तेवा राई, अलिना राई, समीर राई, हरी चन्द्र राई, आइशा राई, जेनी राई, योगेन्द्र राई, शेषकुमार राई, मनिष राज श्रेष्ठ, रुपा जर्गा मगर र जसु श्रेष्ठ रहेका छन्।
गीतकार राईले राजबल राई, दुर्गा बान्तावा राई, वीर बहादुर राई, शान्तिदेवी राई, नान थापा, चित्र कार्की, नवराज कटुवाल र उदयपुरे चाम्लिङ परिवारलाई विशेष आभार व्यक्त गरेका छन्।