विराटनगर : राठी ग्रुपले आफ्नो नयाँ उत्पादन 'राठी फायर एक्स-जेडएचएफआर' केवल सार्वजनिक गरेको छ।

नेपाली बजारमा विगत ४० वर्षदेखि इलेक्ट्रिक उत्पादन गर्दै आएको राठी ग्रुपले 'राठी फायर एक्स-जेडएचएफआर' केवल सार्वजनिक गरेको हो।

सन् २००१ देखि राठी ग्रुप अन्तर्गत अन्नपूर्ण केबल्स इन्डस्ट्रिज प्रा.लि.ले हाउस वाइरिङ्गदेखि पावर केबलसम्म सबै किसिमका तार उत्पादन गर्दै आइरहेको छ। अन्नपूर्ण केबल्स इन्डस्ट्रिज प्रालिले केही समय अघि नेपाली बजारमा पहिलो पटक 'राठी एफआरएलएस केवल' सार्वजनिक गरेको थियो।

समयको माग अनुसार सुरक्षा र गुणस्तरलाई ध्यानमा राख्दै नेपाली बजारमा पहिलो पटक वाइरिङ्गको सम्पूर्ण समस्याहरूको समाधानको लागि राठी फायर एक्स-जेडएचएफआर केवल ल्याएको अन्नपूर्ण केबल्स इन्डस्ट्रिज प्रालिले जनाएको छ ।

उक्त तार सिलिकन रबर पोलीयूराथिनबाट बनेको हुन्छ । जसले गर्दा यो तारमा १०५ डिग्री सेल्सियस तापक्रमसम्म आगो नलाग्ने र मुसाले पनि नकाट्ने कम्पनीले दाबी गरेको छ।

राठी फायर एक्स-जेडएचएफआर (जिरो हेलोजिन फ्लेम रिटार्डेण्ट) केवल नयाँ र आधुनिक प्रविधिको संसार मै भर्खर आएको केबल हो जुन धेरै तापक्रम भएको ठाउँहरू जस्तै सिनेमा हल, फ्याक्ट्री, सुपर मार्केट आदिमा ढुक्क भएर प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।