इटहरी : गत मङ्सिर १३ गते इटहरी-२ का रबिन खड्काको हात्ती आक्रमणबाट ज्यान गयो । जङ्गली हात्तीको समूहले स्थानीयको घर भत्काउनुका साथै बालीनाली तथा अन्नमा समेत क्षति पुर्‍यायो । हालसालै थप २ जना हात्तीको आक्रमणबाट घाइते समेत भएका छन् ।
अहिले इटहरीमा मात्र नभई कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा समेत हात्तीको आतङ्क छ । ५ जना भन्दा बढिले ज्यान गुमाई सकेका छन् । इटहरीमा भने हात्ती आतङ्कले ज्यानै गएपछि हात्ती नियन्त्रणका लागि इटहरीका मेयर हेमकर्ण पौडेल कम्मर कसेर लागेका छन्  ।
मेयर पौडेलले नागरिकलाई तत्काल हात्तीको आक्रमणबाट जोगाउन साइरन जडान, लाइट व्यवस्थापन गरी सबैभन्दा बढी हात्ती प्रभावित २ नं वडा पूर्व ६ फिट अग्लो पर्खाल बनाउने कार्य सुरु गरेका छन् ।
हात्ती आतङ्क दीर्घकालीन रूपमै नियन्त्रण गर्न ६ फिट अग्लो पर्खाल अनिवार्य भएको मेयर पौडेलको तर्क छ । पर्खालको काम समेत सुरु भएको मेयर पौडेलको भनाई छ ।
यसअघि नै उपमहानगरपालिकाद्वारा हात्ती प्रभावित क्षेत्रमा हात्ती भगाउन साइरन जडान र बत्ती जडान गर्ने काम भइरहेको छ । यसअघि हात्ती आक्रमणबाट मृत परिवारलाई इटहरी उपमहानगरले एक लाख आर्थिक सहयोग गरेको थियो ।
hatti prabesh rok 2