इटहरी : इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले एमाले जनप्रतिनिधिका कारण उपभोक्ताहरूको रकम भुक्तानी दिन नसकेको आरोप लगाएका छन् । आज राखेको कार्यपालिका बैठक एमाले जनप्रतिनिधिले बहिष्कार गरे पछि मेयर पौडेलले यस्तो आरोप लगाएका हुन ।

पाँच महिना देखि बारम्बार कार्यपालिका बैठक बस्न आग्रह गर्दा पनि एमालेका जनप्रतिनिधीहरुले बस्न नमान्दा उपभोक्ताहरूको करोडौँ रुपैयाँ भुक्तानी हुन नसकेको मेयर पौडेलको भनाई छ । कार्यपालिका बैठक बसेर मात्र उपभोक्ताहरूले भुक्तानी पाउँछन् तर त्यही कार्यपालिकामा बारम्बार एजेण्डा फर्काउनु परेको गुनासो गरे ।

गत असार १० गते भित्र नगरसभा गरेर बजेट सार्वजनिक गर्नुपर्ने कानुनी बाध्यतामा पनि एमाले जनप्रतिनिधीहरुले असहयोग गरेको भन्दै इटहरीलाई बन्धक बनाउन खोजेको मेयर पौडेलको भनाई छ ।

नगरपालिका सँग पैसा नभएर भुक्तानी नदिएको भन्दै हल्ला फैल्याएको भन्दै नगरपालिका सँग पैसा भएर पनि कार्यपालिका नबस्दा भुक्तानी दिन नसकेको मेयर पौडेलको भनाई छ ।

आज दिउसो ३ बजेलाई तोकिएको कार्यपालिका बैठकमा एमालेले बहिष्कार गरे पनि काँग्रेसका ५ जना वडा अध्यक्षको उपस्थितिमा मेयर पौडेलले एमालेको असहयोग गरेको बताएका हुन ।

इटहरी उपमहानगरपालिकाका प्रवक्ता तथा इटहरी ६ का वडा अध्यक्ष दिवस पोखरेलले बारम्बार एमाले प्रतिनिधिका अवरोधका कारण उपभोक्ताले भुक्तानी नपाएको गुनासो गरे ।

उपभोक्ताहरूले वडा घेर्ने अवस्था आएको भन्दै उपभोक्ताहरूलाई भुक्तानी दिन लाग्नु पर्ने बताए । इटहरी २० का वडा अध्यक्ष  मणिराम श्रेष्ठले उपभोक्ताहरूले भुक्तानी नपाउँदा समस्या भइरहेको भन्दै सबै एक जुट भएर भुक्तानी दिन सहमति जनाउनु पर्ने बताए।