इटहरी : यातायात व्यवस्था कार्यालय इटहरी (सवारी तथा चालक अनुमति पत्र) बाट १७ जना बिचौलिया पक्राउ परेका छन् ।
सेवाग्राहीलाई दुख दिएको भन्दै गुनासो परेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीको टोलीले बुधवार पक्राउ गरेको हो ।
जिल्ला प्रशासन कार्यालय इनरुवाबाट खटिएको टोलीले असोज ९ गते बुधवार स्थलगत अनुगमन गर्ने क्रममा नक्कली डाक्टर सहित बिचौलिया पक्राउ परेका हुन् । पक्राउ परेका बिचौलियालाई आवश्यक कारबाहीको पक्रिया अगाडी बढेको प्रशासन कार्यालयले जनाएको छ ।
Sunsari CDO notice