रामपुर : बेलका नगरपालिका वडा नं.९ मा एमालेलाई ३४ मतको अन्तरले पछि पार्दै माओवादी केन्द्र विजयी भएको छ ।
उदयपुरको बेलका नगरपालिका वडा नं.९ मा नेकपा माओवादीका भरत घिमिरे विजयी भएका हुन । निर्वाचित भएका घिमिरेले ५ सय ५९ मत प्राप्त गरेका छन् ।
१८ सय ८५ खसेको मतमा नेकपा एमालेका मोहन खड्का ५ सय २५ मत प्राप्त गरेका थिए । त्यस्तै नेपाली कङ्ग्रेसका नवीन बस्नेत ४ सय ४ मत, जसपाका राजकुमार राईले २ सय ७ मत, रास्वपाका तेजमान विकले १ सय १३ मत, राप्रपाका टिका प्रसाद फुयाँलले २७ मत र मङ्गोल नेशनलका सुरे तामाङले ५ मत प्राप्त गरेका थिए ।
३५ मत बदर भएको थियो । यस अगाडि २०७९ सालमा सम्पन्न भएको निर्वाचनमा उक्त वडामा नेपाली काँग्रेसका पदम खड्का निर्वाचित भएका थिए । उनको मोटरसाइकल दुर्घटनाका कारण मृत्यु भएको थियो ।
हाल उपनिर्वाचनमा निर्वाचित घिमिरे नेकपा माओवादी वेलका नगर कमिटी सचिव तथा सशक्त विद्यार्थी नेता समेत हुन् ।