विराटनगर : प्याब्सन स्पोर्टस् मिट १४औँ संस्करणमा विजेताको उपाधि विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैचा दुलारीको पूर्वाञ्चल एकेडेमीले हासिल गरेको छ ।
प्रतियोगिता निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन मोरङले आयोजना गरेको हो । आइतबार सम्पन्न प्रतियोगिताको परिणाम अनुसार सिनियर तहमा एभरेष्टले ३ स्वर्ण, ३ रजत र १ कास्य पदक ल्याएर उपाधि विजेता बनेको हो । जुनियर तह कक्षा १० सम्ममा पूर्वाञ्चल एकेडेमीले ६ स्वर्ण, ३ रजत र ४ कास्य पदकसहित ४० अङ्कको साथ उपाधि विजेता बनेको हो ।
सुन्दरहरैचाको बाल प्रतिभा स्कुलले जुनियर तहमा ४ स्वर्ण, २ रजत र ५ कास्य पदकसहित २९ अङ्क ल्याएर दोस्रो स्थान हासिल गरेको छ । २ स्वर्ण, २ रजत र १ कास्य पदकसहित १५ अङ्क ल्याएर विराटनगरको ग्यालेक्सी पब्लिक स्कुल तृतीय भएको छ । त्यसैगरी सिनियर तहमा ३ स्वर्ण, २ रजत र २ कास्य पदक सहित सुन्दरहैचराको ब्राइट फ्यिुचर स्कुल द्वितीय र २ स्वर्ण १ रजत र १ कास्य पदक सहित सिद्धार्थ स्कुल तृतीय भएको छ ।
प्रतियोगिताको छात्रतर्फको उत्कृष्ट खेलाडीमा ग्यालेक्सी स्कुलका निरज चौधरी घोषित भए । छात्रछात्राको उत्कृष्ट खेलाडीमा विराटनगरको मदर टेरेसा स्कुलका पूजा यादव घोषित भइन् । फुटबल प्रतियोगितामा हरैचा मोडलले उपाधि जितेको छ । फाइनलमा पथरीको बाल्मिकी स्कुललाई ४-० गोलले पराजित गर्दै हरैचा मोडलले फुटबलको उपाधि जितेको हो ।
भलिबलमा कक्षा १० सम्म भएको प्रतियोगिताको छात्रतर्फको प्रथम उर्लाबारीको मोरङ मोडल र छात्रातर्फको प्रथम पथरीको एभरेष्ट स्कुलले जितेको छ । उच्च मावि तहको छात्रतर्फ प्रथम सुन्दरहरैचाको सिद्धार्थ स्कुल र छात्रातर्फको प्रथम ब्राइट फ्यिुचर स्कुल भएको छ ।
उच्च मावि तहको छात्रतर्फ द्वितीय राष्ट्र निर्माण स्कुल र तृतीय पशुपति स्कुल भएको छ । छात्रातर्फ द्वितीय राष्ट्र निर्माण स्कुल र तृतीय मोरङ मोडल स्कुल भएको छ । कक्षा १० सम्मको छात्रतर्फ भलिबको द्वितीय पशुपति स्कुल र तृतीय मोर्डन एरा स्कुल भएको छ । छात्रातर्फ द्वितीय मोरङ पब्लिक स्कुल र तृतीय रमाइलो बाल जगत स्कुल भएको छ ।
बास्केटबलको उपाधि विराटनगरको एभरेष्ट स्कुलले जितेको छ । द्वितीय रतुवामाइको राष्ट्र निर्माण स्कुल र तृतीय सुन्दरहरैचाको ब्राइट फ्यिूचर स्कुल भएको छ । बास्केटबलमा उत्कृष्ट खेलाडी एभरेष्ट स्कुलका शिव साह घोषित भए । टेबल टेनिसमा छात्रा सिङल्स बुढानीलकण्ठ स्कुलकी मानसी तामाङले एभरेष्ट विराटनगरकी आशना कटवाललाइ ३-१ सेट स्कोरले पराजित गर्दै प्रथम भएकी छिन् । रविशंकर स्कुलकी स्वाती साह र स्वस्तिका चौधरी संयुक्त रूपमा तृतीय भए ।
छात्रा सिङल्सतर्फ एभरेष्ट स्कुल विराटनगरका सुशान्त मेहताले बुढानीलकण्ठका रुपेश श्रेष्ठलाई ३-० सेट स्कोरले पराजित गर्दै प्रथम भए । एभरेष्टकै सक्षम बस्नेत र बुढानीलकण्ठका आदर्श राजवंशी संयुक्त रूपमा तृतीय भए ।
उच्च मावि तर्फ छात्रा सिङल्स इभेन्टमा ब्राइट फ्युचर सुन्दरहरैचाकी निक्की महतो प्रथम भइन् । एभरेष्ट विराटनगरकी श्रद्धा पौडेल द्वितीय, एभरेष्ट विराटनगरकी प्रसिद्धि अधिकारी र ब्राइट फ्युचर सुन्दरहरैचाकी अमिरा अधिकारी संयुक्त रूपमा तृतीय भइन् ।
छात्रा सिङल्स उच्च मावितर्फ एभरेष्ट विराटनगरका अनुज माझी प्रथम, एभरेष्टकै श्रेयम काफ्ले द्वितीय, बालप्रतिभा सुन्दरहरैचाका पुजन दाहाल र ब्राइट फ्युचर सुन्दरहरैचाका आयुष कार्की संयुक्त रूपमा तृतीय भए ।
छात्रा टिम इभेन्ट उच्च मावितर्फ ब्राइट फ्युचर सुन्दरहरैचा प्रथम, एभरेष्ट विराटनगर द्वितीय र सिद्धार्थ स्कुल सुन्दरहरैचा तृतीय भए । छात्र टिम इभेन्ट उच्च मावितर्फ एभरेष्ट विराटनगर प्रथम, ब्राइट फ्युचर सुन्दरहरैचा द्वितीय, पशुपति सेकेन्डरी स्कुल उर्लाबारी र बालप्रतिभा स्कुल सुन्दरहरैचा संयुक्त रूपमा तृतीय भए ।
प्रतियोगिताहरूमा २५ बढी विधाका खेलहरूमा मोरङ प्याब्सनका स्कुलहरूका ३ हजार बढी विद्यार्थी सहभागी भएको अध्यक्ष जगत बस्नेतले बताए । समापनमा प्याब्सन निवर्तमान राष्ट्रिय अध्यक्ष टिकाराम पुरी, कोशी प्रदेश अध्यक्ष टिकाराम ढकाल, अध्यक्ष बस्नेतले विजयी खेलाडीलाई पुरस्कार वितरण गरे ।