वराहक्षेत्र: वराहक्षेत्र नगरपालिकाले वार्षिक योजना ,नीति तथा कार्यक्रमको विषयमा उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरू,व्यापारी , पर्यटन व्यवसायी होटेल व्यवसायी तथा नेट केवल व्यवसायीहरुसंग छलफल गरेको छ । 
आगामी आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकाले प्रस्तुत गर्ने वार्षिक योजना ,नीति तथा कार्यक्रममा  पर्यटन तथा पर्यटनलाई प्रबद्बन गर्ने विषयमा शुक्रवार वराहक्षेत्र नगरपालिका भित्र रहेको उद्योग वाणिज्य सङ्घ वराहक्षेत्रका पदाधिकारीहरू,उद्योग वाणिज्य सङ्घ चतराका पदाधिकारीहरू,होटेल व्यवसायी, उद्योगी, होमस्टे व्यवसायी ,केवल नेट व्यवसायीहरुसग अन्तरक्रियात्मक छलफल कार्यक्रम आयोजना गरिएको नगर प्रमुख रमेश कार्की जानकारी दिए ।
नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा भएको छलफलमा  नगर उपप्रमुख नन्दकुमारी सुनुवार,प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल,आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी,सूचना अधिकारी गौरी राय लगायतको उपस्थिति रहेको थियो ।
आगामी आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकाले प्रस्तुत गर्ने वार्षिक योजना ,नीति तथा कार्यक्रमको विषयमा राजनैतिक दल, कृषि र पशु विकास र शिक्षा विद्हरूसँग शिक्षाको विषयमा छलफल गरिएको र अन्य सरोकारवाल सङ्घ, संस्थाहरूसँग छलफल गरिने प्रमुख प्रशासकीय अधिकृत कटवालले बताए ।