धरान : कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणको दोस्रो दिनको खेलमा बाल्मिकी मेमोरियल सेकेण्डरी स्कुल मोरङले निधी सेकेण्डरी स्कुल बिर्तामोडलाई २–१ गोलले पराजित गर्दे विजयी हासिल गरेको हो ।

बिहीबार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा सञ्चालन भएको प्रतियोगिताको १ मिनेटमा बालिमकी स्कुलका साङ्केन बान्तावा राईले १ गोल,खेलको ५ औँ मिनेटमा मनिष दुलालले १ गोल गरे । भने खेलको दोस्रो हाफमा निधी सेकेण्डरी स्कुल बिर्तामोडको तर्फबाट पुजन ढकालले सान्तवना गोल फर्काएका थिए ।

 खेलको म्यान अफ द म्याच वाल्मिकी स्कुलका साङ्केन वान्तवा राई घोषित भए। उनले नगद १ हजार ५ रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ८१ हजार ५ र उपविजेताले ट्रफीसहित ४१ हजार ५ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय सहभागी भएका छन्।

प्रतियोगिताको भोली शुक्रबारको  पहिलो खेल दिल्ली पब्लिक स्कुल विराटनगर र बाल्मिकी एजुकेसन फाउन्डेसन झापा ,दोस्रो खेल प्रभात सेकेण्डरी स्कुल धरान र सैनिक आवासीय महाविद्यालय धरान बिच हुने आयोजकले जनाएको छ ।