धरान : धरान उपमहानगरपालिकाले तयार गरेको एन्फा एकेडेमीको क्वारेनटाइनमा बसेका ४५ र अन्य २ जनाको गरी ४७ जनाको थ्रोट स्वाबको नमुना लिइएको छ ।

जेठ १५ गतेदेखि सञ्चालनमा ल्याइएको ६१ बेड क्षमताको सो क्वारेनटाइनमा अहिले सम्म ४५ जनालाई राखिएको छ । त्यहाँ बसेका ४५ जना र थप क्वारेनटाइन बाहिरका २ जनाको गरी बुधवार जम्मा ४७ जनाको थ्रोट स्वाबको नमुना लिइएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

बुधवार लिइएको स्वाबको नमुना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा पुर्‍याएको प्रमुख मेहेताले बताए । उनका अनुसार २७ जना पुरुष र २० जना महिलाको स्वाब लिइएको थियो । स्वाबको रिपोर्ट शुक्रवार सम्ममा आउने बताइएको छ ।

Throt Throt-test