पथरी : झापा जिल्लाको कमल गाउँपालिका-२ मिलनचौक स्थिती भित्री सडकमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार पथरीका एक युवाको मृत्यु भएको छ ।

दक्षिण आउँदै गरेको मे १ त ६१९५ नम्बरको ट्याक्टरकोले प्र १-०२-४० प ८२३६ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिदा पथरीशनिश्चरे-३ का ४१ बर्षिय केदारनाथ दहालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार घाइते दाहालको उपचारका क्रममा दमक स्थित लाइफ लाइन अस्पताल लाने क्रममा बाटोमा नै मृत्यु भएको बताए । 

ठक्कर दिने ट्याक्टर र  चालक कमल गाउँपालिका-२ का दुर्गा श्रेष्ठलाई प्रहरी चौकी तोपगाछिले नियन्त्रणमा लिएको थापाले जानकारी दिए ।