पाँच वटा देशमा कोरोना भाइरसको संक्रमण

  • माघ ९, २०७६
  • १७१६ पटक पढिएको
  • एजेन्सी
alt

काठमाडौं : चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अन्य पाँच देशमा पनि फैलिएको छ । थाइल्यान्डले नयाँ कोरोना भाइरसका चार संक्रमित पाइएको पुष्टि गरेको छ ।

जसमा एकजना थाई नागरिक र तीन चिनियाँ पर्यटक रहेका छन् । जापान, दक्षिण कोरिया र अमेरिकामा पनि एक-एक जना संक्रमित भेटिएका छन् । सबै संक्रमित चिनियाँ शहर बुहानका वा त्यहाँबाट फर्किका मानिस भएको अधिकारीहरुले जनाएका छन् ।

यसैबीच ताइवानले पनि एकजना संक्रमित भेटिएको बताएको छ । पर्यटकका रुपमा अधिकांश चिनियाँ नागरिक भित्र्ने उत्तर कोरियाले भने सबै विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । भाइरसको प्रकोपलाई अन्तर्रा्ष्ट्रिय आपतकाल घोषणा गर्ने बेला भइसकेको केही विज्ञले बताएका छन् । उता प्रकोप फैलिएको बुहानमा सार्वजनिक यातायातमा अस्थायी प्रतिबन्ध लगाइएको छ ।

झण्डै एक करोड जनसंख्या रहेको बुहान शहरका बासिन्दालाई त्यसक्षेत्र छाडेर अन्यत्र नजान र बाहिरका मानिसलाई त्यहाँ नआउन सरकारले अनुरोध गरेको छ । चिनियाँ शहर बुहानमा अनुहारमा लगाउने मास्क किन्नेको लामो लाइन लाग्न थालेको छ । औषधी पसलेहरुले एकजना ग्राहकलाई एउटा मात्रै मास्कको प्याकेट बेच्न थालेका छन् ।

रुघाखोकी र त्यो भन्दा गम्भीर विरामी गराउन सक्ने नयाँ खालको कोरोना भाइरस सन् २००२ देखि २००३ सम्म दर्जनौ राष्ट्रमा फैलिएको ‘सार्स’ प्रकृतिको छ । सार्सका कारण त्यसबेला आठ सय जनाको मृत्यु भएको थियो । 

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक: मात्रिका प्रसाद नेपाल
  • संवाददाता: वसन्त वान्तवा राई (धरान)
  • संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • डेक्स: पारस राई
    बिज्ञापन प्रमुख: सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved