धरान: धरान जारी १५ औं ललित अम्वर डिपो कपको दोस्रो दिन जित हात पार्दै मेरिल्याण्ड, विष्णु र आइडल स्कुल क्वार्टरफाइनल प्रवेश गरेको छ ।

डिपो उच्चमाविको खेल मैदानमा मंगलबार सम्पन्न खेलमा मेरिल्याण्डले नवज्योति स्कुललाई १–० ले हराउदै क्वार्टरफाइनल प्रवेश गरेको हो । मेरिल्याण्डका रोमन रनपहेलीले गरेको एक मात्र गोलको मद्दतले टिम क्वार्टरफाइनल प्रवेश पायो ।यस्तै, दोस्रो खेलमा विष्णु मेमोरियल हाइस्कुलले सत्यशिसु निकेतनलाई सडनडेथमा २–१ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गर्यो । निर्धारित समयको खेलमा दुवै टिमबाट निर्णायाक गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउट तर्फ धकेलिएको थियो । पेनाल्टिमा पनि दुवैतर्फ समान एक एक गोल भएपछि सडनडेथमा विष्णु विजयी भएको हो । तेस्रो खेलमा आइडल स्कुलले सृजना स्कुललाई ४–० गोल अन्तरले हराउदै क्वार्टरफाइनल प्रवेश पायो । आइडलका रोहन विकले दुई गोल गरे भने रोजक विक र सन्देश लिम्वुले एक एक गोल गरेका थिए । मंगलबार सम्पन्न भएको खेलहरुमा नवज्योतिका डोमन लिम्बू, सत्यशिसुका साइमन गुरुङ्ग र सृजना स्कुलका सन्देश लिम्बू म्यान अफ दि म्याच घोषित भएका थिए । उनीहरुलाई डिपो स्कुल व्यवस्थापन समितिका सदस्य भिमराज लिम्बूले पुरस्कार वितरण गरेका थिए । बुधबार खेल पुर्व क्षेत्रिय प्रहरी स्कुल र सेक्रेटर हर्ट, विलीवर्स पाँचकञ्या र महेन्द्र मेमोरियल दुहवी, लिटल फ्लावर र कार्मेल, धरान आदर्श र इस्र्टन स्कुलबीच खेल हुने आयोजकले जनाएको छ ।

यो पनि - स्कुल ओलम्पिकमा डिपो प्रथम, सैनिक दोस्रो र सुनाखरी तेस्रो (फोटो फिचर)