इजरायलले प्यालेस्टाइन क्षेत्रमा गरेको कारबाहीमा कम्तीमा चारजनाको मृत्यु भएको छ ।

गाजापट्टीबाट चरमपन्थीहरुले २०० भन्दा बढी रकेट प्रहार गरेका थिए । त्यसपछि प्यालेस्टायनी क्षेत्रमा गरिएको जवाफी कारबाहीमा एक महिला, उनकी १४ महिनाकी छोरीसहित चारजनाको मृत्यु भएको इजरायली सेनाले जनाएको हो । घटनामा केही व्यक्ति घाइते भएका छन् ।

इजरायली सेनाले गाजापट्टीबाट प्रहार गरिएको रकेट लागेर तीनजना घाइते भएको जनाएको छ । रकेट आक्रमण भएलगत्तै इजरायलका सर्वसाधारणबीच भागदौड मच्चिएको थियो ।

यसअघि पनि गएको शुक्रबार भएको आक्रमणमा दुई इजरायली सैनिक घाइते भएका थिए । प्यालेस्टायनी आक्रमणको जवाफी कारबाहीमा चार प्यालेस्टायनीको मृत्यु भएको थियो । जसमध्ये दुईजना हमास समूहका लडाकू भएको इजरायली सेनाले जनाएको छ ।

इजरायलमा गएको अप्रिलमा निर्वाचनकाक्रममा भएको युद्धविरामको समय सकिएपछि पुनः तनाव बढेको हो । संयुक्त राष्ट्रसंघले भने दुवै पक्षलाई युद्धविराम गर्न अपिल गर्दै आएको छ ।