इटहरी : एक्सपर्ट एजुकेशन इटहरीले गत जेठ २० गते आयोजना गरेको बृहत अष्ट्रेलिएन एजुकेशन सेमिनार इटहरीमा सम्पन्न सम्पन्न भएको छ । उक्त कार्यक्रममा इटहरी आसपासका करिब ५०० जना विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

उक्त सेमिनारमा झण्डै एक दर्जन कलेजहरु तथा विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । जसमा चाल्स स्टर्ड यूनिभर्सिटी, भिक्टोरिया यूनिभर्सिटी, यूनिभर्सिटी अफ साउदर्न क्युनसलेण्ड, टोरेन्स यूनिभर्सिटी, एजुकेशन सेन्टर अष्ट्रेलिया, साउदन क्रस युनिभर्सिटी, होम्स इन्टिच्युट, कप्लान विजनेश स्कूल, ब्राइटन कलेज, फेडरेसन यूनिभरसिटि क्युनसलेण्ड इन्टरनेशनल विजनेश एकडेमि  (क्यु आइ बिए), अष्ट्रेलिएन स्किल मेनेजमेन्ट लगाएतका कलेज तथा यूनिभर्सिटीका प्रतिनिधिहरुसंग भेटि विद्यार्थीहरुले उक्त विश्वविद्यालय तथा कलेजको बारेमा जानकारी पाएको कुरा र विद्यार्थीहरुलाई रिसर्च गरि आफ्नो करियरलाई अगाडि बढाउन थप मदत पुगेको आयोजक संस्था इटहरीका निर्देशक भबकृष्ण तिम्सिनाले संञ्चारकर्मिहरुलाई बताए । कार्यक्रममा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसका सिइओ संजिब शर्माले अष्ट्रेलिया अन्तराष्ट्रिय विद्यार्थीहरुको रोजाई भएको र विश्वविद्यालय तथा कलेजको बारेमा पुर्ण रुपमा जानकारी लिई अध्ययन गर्न जानका लागि बिद्यार्थी जानकारी गराएका थिए ।

Expert-Seminer

कार्यक्रममा अभिभाबकका तर्फबाट ब्यासायी राजन भेटवालले समेत आफ्नो विचार राखेका थिए । उक्त कार्यक्रम अध्यक्षता एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरीका प्रबन्ध निर्देशक कमल तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।