धरान : धरान १५ नं. वडाका टोल विकास संस्थाका पदाधिकारीहरुको सहभागितामा वातावरण सरसफाई सम्बन्धी अन्तरकृया तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार १५ नं. वडा कार्यलयमा सम्पन्न कार्यक्रम राष्ट्रिय आदिवासी महिला महासंघ सुनसरीको आयोजनामा र १५ नं. वडा कार्यालयको आर्थिक सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा १५ नं. वडा लाई सरसफाईको दृष्टीकोण सफा र सुन्दर वडा बनाउने लक्ष्यका साथ आफुहरु लागि रहेको र यसका लागि वडामा रहेको टोल विसका संस्थाहरुको सकृय सहभागिताकामा जोड दिने वडाध्यक्ष नरेश ईवारामले बताए । धरान १५ मा डेंगुको संक्रमण फैलिएकोलेमा हाल धेरै हदसम्म निर्मूल भएको र भविश्यमा यस्ता संक्रमणबाट बच्न नगरलाई सफा सुग्घर राख्न वडाबासीहरुलाई सचेतना गराउनु तालिमको आयोजना गरिएको ईवारामले व्यक्त गरे । हाम्रो अभियान, स्वच्छ वातावरण भन्ने नाराका साथ सम्पन्न भएको अन्तरकृयात्मक सचेतना कार्यक्रममा १५ नं. वडाका २६ टोल विकास संस्थाका ३५ जनाको सहभागिता रहेको थियो ।

टोल विकास संस्थाहरुको सचेतना र क्षमता अभिवृद्धिका लागि यस्ता भेला अन्तरकृया र सचेतनाको आवश्यक हुने र सिकेका कुरा व्यवहारमा लागु गर्नुपर्ने कुरा राष्ट्रिय आदिवासी जनजाती महिला महासंघकी अध्यक्ष संगिता सुव्वाले जोड दिईन् । कुनै पनि कार्यक्रममा वातावरण र सरसफाईलाई नकारात्मक असर पार्ने कुनैपनि सामग्रीहरु प्रयोग नगर्ने भनि खदाको ठाँउमा फुलमाला नै उपयोग गरेको सुव्वाले बताए । वडा सरसफाईका लागि सबै टोल विकास संस्थाहरुमा अवश्यक सामग्रीको व्यवस्था गरिदिने र सबै टोल बस्तीहरुमा प्रत्येक हप्ता सरसफाई अभियान चनाउने वडाको योजना रहेको वडा सदस्य ज्ञानेन्द्र बस्नेतले बताए ।
नगर सफा राख्नको लागि वडा सफा हुनुपर्ने र वडा सफा राख्नको लागि टोल सफा राख्नु पर्ने र टोल सफा राख्नका लागि सबै घर सफा राख्नु पर्ने हुन्छ । यसका लागि वडाबासीहरु सरफाई प्रति सचेत र प्रतिवद्ध हुन जरुरी हुन्छ । टोल विकास संस्थनहरुले आफ्नो टोल सफा राख्न आफ्ना टोलका घरहरुमा सचेतना दिने अनुगमन गर्ने काम योजना बनाएर गर्नुपर्ने अन्तरकृया कार्यक्रममा छलफल भएको थियो ।
धरान उपमहानगरपालिका खुला दिसा मुक्त वडा घोषणा भई हाल पूर्ण सरफाईमा अग्रसर भईरहेको छ । फोहर मैलाका कारण वातावरण प्रदुषण हुनुका साथै विभिन्न किसिमका रोगहरुको माहामारी समेत फैलने सम्भावना हुन्छ । त्यसैले वेलैमा नगरबासीहरु यस विषयका सचेत हुनेपर्ने र सरसफाईमा लाग्नुपर्ने अन्तरकृया कार्यक्रमको निचोड रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय आदिबासी जनजाती महिला महासंघ सुनसरीकी पूर्व अध्यक्ष कल्पना शेर्पा, जिल्ला उपाध्यक्ष तथा वराहक्षेत्र गा.वि.स. वडा नं. ७ की सदस्य शारदा माझी र १५ नं. वडाका सदस्यहरु जनुका कार्की निरमाया कामीको पनि सहभागिता रहेको थियो । कार्यक्रम संचालन राष्ट्रिय आदिवासी जनजाती महिला महासंघ सुनसरीकी उपाध्यक्ष शारदा माझीले स्वागत मन्तव्य दिनु भएको थियो भने सचिव माया राईले गर्नु भएको थियो ।