धरान : सेवक अभियान धरानको आयोजना तथा अञ्जुमन इस्लामियाको सहयोगमा धरान वडा नं. ३ स्थित मदरसा इस्लामिया विद्यालयको प्राङगणमा एकसय जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

मदरसाका कक्षा पाँचसम्म अध्ययनरत विद्यार्थीलाई प्रति विद्यार्थी चारवटा कापि र एक पेन्सिल वितरण गरेको कार्यक्रमका संयोजक अफाक अहमदले जानकारी दिए । शैक्षिक सामाग्री वितरण कार्यक्रममा सोही वडाका वडाध्यक्ष आशाकुमार श्रेष्ठले सेवक अभियानले सामाजिक उत्तरदायित्व पुरा गर्दै कहिले स्वास्थ्य, सरसफाई, शैक्षिक क्षेत्रमा पुर्याएको योगदान कसैका लागि अतुलनिय रहने बताए ।

कार्यक्रममा सेवक अभियानका अध्यक्ष राजिव हलवाई, सोही वडाका वडा सदस्य विकास बनेपाली, अञ्जुमन इस्लामियाका अध्यक्ष शेख युसुफ अलिख, वरिष्ठ चिकित्सक डा. खालिद हुसैन हक र सेवक अभियानका अभियान्ताहरुको समेत उपस्थित रहेको थियो ।