विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ४४७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुन सबै होम आइसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २० हजार २२६ पुगेको छ ।
प्रदेश १ मा आज २०७ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा ७१, सुनसरीमा ५७, सङ्खुवासभामा ३४, झापामा २८, तेह्रथुम र उदयपुरमा ३-३, इलाम र धनकुटामा २-२ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ५०, रतुवामाई र रंगेलीमा ५-५, ग्रामथान, कटहरी, सुन्दरहरैचा, केराबारी, बेलबारी र सुनबर्षीमा १-१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा ३८, इटहरीमा १४, इनरुवामा ३, बराहक्षेत्र र कोसी गाउँपालिकामा १-१, सङ्खुवासभाको खाँदबारीमा ३२, मकालु र सिलिचोङमा १-१, झापाको दमक र बिर्तामोडमा ५-५, गौरादह, भद्रपुर, अर्जुनधारा र मेचीनगरमा ३-३, कनकाईमा २, बुद्धशान्ति, हाल्दिबारी र कमल गाउँपालिकामा १-१ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
तेह्रथुमको म्याङ्लुङमा ३, उदयपुरको चौदण्डीगढीमा २ र उदयपुरगढीमा १, इलामको इलाम नगरपालिका र सूर्योदयमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा २, र प्रदेश १ बाहिरका ७ जनामा सङ्क्रमण देखिएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २४ हजार ९४१ पुगेको छ ।
प्रदेश १ मा आज ७७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७६ महिला र १३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८२ हजार १३७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।